Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विचार

राजनीतिभित्रको सकसः अबको गन्तव्य

FB_IMG_1597722544804-1597723569.jpg

राज्य व्यवस्था सञ्चालन सरकारले गर्दछ र सरकारमा मूख्यत राजनितिक दलका व्यक्तिहरुले प्रतिनिधित्व गर्दछन् । राज्य सञ्चालन र राजनितिक दल सञ्चालनको निति र रणनिती विच धेरै भिन्नता हुन्छ । राज्य व्यवस्था सञ्चालनको निती, रणनिती, योजना निर्माण र कार्यन्वयनमा मुख्यतः राजनितिक दल, कर्मचारी तन्त्र, वाह्य वा आन्तरिक कूटनैतिक सम्बन्ध आदिको अहम् भुमिका रहन्छ । यद्यपी त्यो कस्तो बनाउने र कसरी कार्यन्वयन गर्ने भन्ने कुरा भुगोल, आर्थिक, भू-सामाजिक, भू-राजनितिक पक्षहरुले ठुलो प्रभाव पारिरहेको हुन्छ । राजनिति विचार र सिद्धान्तमा आधारित हुन्छ । 
राजनीतिको उद्देश्य भनेकै राष्ट्रलाई सार्वभौम, स्वाधिन र राष्ट्रिय अखण्डता कायम गर्दै राष्ट्रका नागरिक जीवनमा सम्वृद्धी ल्याउने भन्ने नै हो । तसर्थ दलका निती रणनिती र गतिविधीहरु राज्य व्यवस्था सञ्चालनका लागि पुरकको काम निश्चय नै गर्नु पर्दछ । नेपाली राजनितिले लामो इतिहास बोकेको भएता पनि अहिले अस्तित्वमा रहेका बहुसंख्यक दलहरुको इतिहास भने दशक वरिपरीमात्र छ । राजनितिज्ञहरुमा खहरे खोला झैं विचार र सिद्धान्तमा आउने परिवर्तनले राजनितिक स्थिरतामा चुनौती थपेको छ । व्यक्तिगत र दलगत स्वार्थको तादम्यता नमिल्दा गुट र फुटको राजनितिक परम्परा चलिरहेको छ । यसर्थ राजनिती, सामाजिक स्वार्थ भन्दा पनि व्यक्तिगत र दलगत स्वार्थबाट निर्देशित छ । परिणामतः राज्य व्यवस्था र राजनितिक अस्तित्व स्थिर रहनै सक्दैन । 
देशमा विभिन्न कालखण्डहरुमा विभिन्न संर्घषहरु भएका छन् । कुनै अधिकार प्राप्तिका लागी, कुनै राजनितिक अस्तित्व प्राप्ती र बचाउका लागि, कुनै सरकार परिवर्तनको लागी त कुनै राज्य व्यवस्था नै परिवर्तनको लागि । यी सघंर्षहरु बाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गरी दिगो राख्न नसक्नु ठुलो समस्याको रुपमा रहेका छ । अर्को तर्फ राजनितिक दलहरुले सिमित वर्ग र घेरा भित्रको व्यक्तिहरु अनुकुल कार्यहरु गर्नु, राज्यको सम्पत्ती, सम्पदाको दोहन र दलिय भागवण्डा, अराजक र अपराधिक गतिविधी गर्नेलाई दलिय संरक्षण र व्याप्त महंगीले गर्दा आममानिसमा राजनितिक दलको महत्व र सामिप्यता घटेर जानु स्वभाविक मान्न सकिल्छ । हाम्रो समाजमा व्याप्त रहेका भ्रष्टाचार निवारण र उन्मूलनमा सरकारको उपस्थिति प्राय शून्यमात्र छैन बरु राज्य सञ्चालनका जिम्मा पाएका राजनीतपकर्मीले अर्बौं  कुम्ल्याएका छन् । 
अहिले समाजवाद, नवउदारबादका चर्चा र वहस सतहमा देखिएता पनि व्यवहार सामन्ती र पूँजीवादभित्र जकडिएको छ । राष्ट्रिय स्वाधिनता, अखण्डता, सार्वभौमिकतामा आंच पुर्याउने संवेदनशिल मुद्धाहरु प्रति गम्भिर र एकजुट भई दिर्घकालिन समाधान खोज्ने प्रयास भएको पाईदैन । नाता र कृपावादले झेलिएको राजनीति संस्कार पदस्थापनको कमी कमजोरीकै कारण आन्तरिक र वाह्य कुटनितिक सम्बन्ध राम्रो हुन सकेको छैन । दल भित्र रहेका विभिन्न गुट तथा उपगुट, पक्ष विपक्ष झुण्डहरुले आफु अनुकुल शक्ति र सत्ताको प्रयोग गरेर लुट मच्याईरहेको प्रशस्त उदाहरणहरु छन् । देश र जनताको हित कालागी काम गर्ने सिमित व्यक्तिलाई घेराबन्धी र प्रतिकूल वातावरण सिर्जना गरी पलाएन गराउने कामहरु भईरहेका छन् । यस्ता कार्य गर्ने पात्रहरुलाई दलहरुको काखी च्याप्ने प्रवृत्तीले दल प्रतीको विश्वासनियता घट्दै गहिरहेको छ । 
आम सर्वसाधारणलाई पर्ख र हेरको भुल भुलैयामा भुलाईरहने राजनितीक संस्कार यथावत छ । यो व्यवस्था भएन अर्को राम्रो हुन्छ, यो सरकार वा दलले राम्रो गरेन अर्कोले गर्छ जस्ता विषय अस्वभाविक त हैनन् तर राष्ट्र र राष्ट्रबासीको समृद्धीका लागि राजनीतिक स्थायित्व महत्वपुर्ण छ । राजनीति गर्न न त कुनै विषयमा विशेषज्ञता नै हासिल गर्नु पर्ने व्यवस्था छ न त कुनै विशिष्ट ज्ञान सीप । शक्ति र बोलीको भरमा अदुरदर्शी राजनिती गर्नेको संख्या प्रशस्तै छन् । दर्शन, सिद्धान्त र विचारधारको वुझाई विनानै राजनितिकर्मीको विल्ला भिर्नेका जमात हाम्रो समाजमा ठुलै छ । राजनीतपकर्मी र दलहरुमा दुरदर्शिता, परिपक्वता र सोही अनुसार निती, रणनिती, कार्ययोजना निर्माण र कार्यन्वयन नभए सम्म आशातित उपलब्धीहरुलाई स्थापित गर्न सकिने अवस्था रहन्न । 
अन्तर दलीय, अन्तरदेशीय असल र अर्थपुर्ण कूटनीतिक सम्बन्धको अभाव खड्किरहेको छ । अहिलेको सरकारले सकारात्मक परिवर्तनका लागी काम नगरेको भने होइन, जुन समयको गतिसंगै चलिरहने स्वभाविक प्रक्रिया पनि हो । तुलनात्मक हिसावले हेर्दा थुप्रै विकास निर्माणका कार्यहरु भएका छन, जो प्रसंसनिय छन् । यद्यपी माथी उल्लेखित राजनितीक संस्कार र संस्कृती बाट यो पनि विमूख छैन । त्यसैले नकारात्मक टिकाटिप्पणी सतहमा छताछुल्ल भएका हुन । राज्य संचालनका लागी व्यवस्था र पात्र परिवर्तनले ठुलो अर्थ राख्दैन । व्यवस्था जे जस्तो भएपनी पात्रहरुको चरित्र राम्रो भएन भने जनताले चाहेको परिर्वतन पाउन सक्दैनन् । त्यसकारण राजनितीक स्थिरता खल्बल्याउने, विभिन्न वेमौसमी द्वन्द्व , संघर्षलाई प्रोत्साहन दिने जस्ता गतिविधीहरुलाई निस्तेज पार्नु पर्दछ । 
अन्तर दलिय र दल भित्रका आन्तरिक द्वन्द्व केही हदसम्म स्वभाविक हुन तर यसको सकारात्मक परिणाम ल्याउने हिसाबले समाधान गरिनु पर्दछ । सत्ता वा सत्ता वाहिर रहेर राज्य दोहन गर्नेलाइ जरो देखि नै उखेल्नु पर्दछ । देशमा रहेको श्रोत र साधनको उच्चतम प्रयोग, आम व्यक्तिहरुको स्वनिर्भरता सिर्जना गर्नुको विकल्प छैन । परिपक्व, दुरदर्शी र पारदर्शी राजनितीक संस्कार र संस्कृतीको विकास गर्न जरुरी छ । देश र देशवासीको रक्षा र समृद्धीका निम्ती सबैखाले कदम चाल्ने आँट सरकारले राख्नु पर्दछ । चाकडीवादको अन्त्य गरी सक्ष्म व्यक्तिहरुको संग्लग्नता बढाउनु पर्छ । जब सम्म समाजमा रहेका वेथितिहरु अन्त्य हुदैनन् तब सम्म समृद्धीको कल्पना समेत गर्न सकिदैन । 
तसर्थ व्यक्तिगत र दलगत स्वार्थ छोडेर राष्ट्र र  राष्ट्रिय हितको लागी सदैव लड्ने संस्कारको विकास हुनु पर्दछ । (दिप न्यौपाने)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सभा सचिवालयको संचारकर्मीसंग अन्तरक्रिया
Screenshot_20240329_17300-1711712864.jpg

१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।...

हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

थप समाचार