Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

मजदुर निलम्बनको विरोध

20160804_132906-1470307425.jpg

हेटौँडा, २० साउन । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले मजदुरलाई निलम्बन गरेको भन्दै ट्रेड युनियनले विरोध गरेको छ । उद्योगमा कार्यरत ७ मजदुरलाई निलम्बन गरेको भन्दै अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध जिल्ला परिषद मकवानपुरले विरोध गरेको छ ।

महासंघको टोलीले घटनाबारे मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकको ध्यानाकर्षण गराएको छ । जिल्ला संयोजक कुमार पौडेलले ज्ञापनपत्र बुझाउँदै श्रम कार्यालय हेटौँडामा समस्या समाधानका लागि छलफल भईरहेको अवस्थामा कर्मचारीलाई निलम्बन गरिएकाले उद्योग व्यवस्थापक र कामदार प्रतिनिधिबीच भएको सहमति कार्यान्वयन र निलम्बनको निर्णय फिर्ता हुनुपर्ने माग गरे । टोलीमा नेपाल ट्रेड युनियन काँग्रेसका पौडेल, नेपाल ट्रेड युनियन महासंघका श्याम श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरका गंगाप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।

उद्योगले लालकृष्ण प्याकुरेल, जयराम धिताल, उद्धव पहाडी, चित्तबहादुर विक, राम सापकोटा, चन्द्रप्रसाद सापकोटा र रविबाबु मल्ललाई २ दिन अघि निलम्बन गरिएको छ । मजदुरहरु र उद्योगमा रहेको श्रम सम्बन्ध समितिबीच जेठ १६ गते ३ बुँदे सहमति भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरु २६ दिनदेखि धर्नामा थिए । उद्योग र मजदुरबीच हाउजिङ लोन सुचारु गर्नुपर्ने, लोन लिएर भुक्तानी गर्ने मजदुरले अवकाशका समय उक्त रकम फिर्ता पाउनुपर्ने र हाईजिङ फण्डमा रहेको ६५ करोड रुपैंयाबाट २ लाख रुपैँया अनुदान दिने सहमति भएको मजदुर संगठनको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथ फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ,हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

थप समाचार