Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

मकवानपुरगढी गाउँपालिका

सरङपुरबासीले मागे गाउँपालिका अध्यक्ष हुमागाईसँग विकासका योजना

20201114_153106-1605347641.jpg

स्थानियसँग छलफल गर्दै गाउँपालिका अध्यक्ष हुमागाईं र वडाध्यक्ष दाहाल

२९कार्तिक,हेटौडा।मकवानपुरको हेटौंडा उपमहानगरपालिकासँग सिमाना जोडिएको मकवानपुरगढी गाउँपालिकाका स्थानियाले गाउँपालिकाका अध्यक्षसँँग विभिन्न विकासका योजना माग गरेेका छन।

गाउँपालिका वडा नम्बर –६ सरङपुरबासीहरुले आफनो गाउँको लागि विभिन्न विकासका योजनाहरु माग गरेका हुन ।मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईलाई आफनो गाउँमै बोलाएर यहाँका स्थानीयहरुले गाउँको विकासको लागि विभिन्न योजनाहरु प्रस्तुत गरेका हुन ।

स्थानीयले सडक स्तरोन्नती, विद्युतीकरण, शहिद बासुदेव मार्ग निर्माणमा प्राथकिताको माग गरेका थिए । यसैगरी सिंचाई, कृषि, रोजगार, स्वास्थ्य, शिक्षा, शिवम सिमेन्टको कारण उत्पन्न भएका प्रदुषण नियन्त्रण गर्नु पर्ने लगायतका विषयहरुमा समेत स्थानीयले जिज्ञासा राखेका थिए।गाउँपालिका अध्यक्ष हुमागाईले आफू स्थानीयले राखेका मागहरु पूरा गर्न सदैव तयार भएको बताएका छन्  ।

 "गाउँपालिकाले आफनो श्रोत साधनलाई अधिकतम प्रयोग गर्दै प्रदेश सरकारसँग मिलेर समेत काम गरेको छौ"- गाउँपालिका अध्यक्ष हुमागाईंले भने।अध्यक्ष हुमागाईले गाउँपालिकाले गरेका विभिन्न कार्यहरुको प्रचारप्रसार नभएकोमा गुनासो गर्दै भविष्यमा गाउँपालिकाले गरेका कार्यहरुको प्रचारप्रसार गरी सहयोग गर्न सञ्चारकर्मीहरुसँग आग्रह समेत गरेका थिए । कार्यक्रममा मकवानपुरगढी–६ का वडा अध्यक्ष टिकाप्रसाद दाहाल,श्रमिक दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष हरि हुमागाई,संचारकर्मी भीमसेन पौडेल, सुनिल शिवाकोटी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार