२९ कार्तिक, हेटौंडा । केदारेश्वर युवा क्लव मनहरी गाउँपालिका-९ रजैयाको आयोजनामा भएको रजैया कप फुटबल प्रतियोगिताको उपाधी आयोजकको बी टिमले जितेको छ ।
शनिबार भएको फाइनल भिडन्तमा लामाटोल क्लव मनहरीसंग टाइब्रेकरमार्फत जित निकाल्दै आयोजकले उपाधिसहित नगद ३० हजार रुपैयाँ प्राप्त गर्यो । उपबिजेता बनेको लामाटोलले १० हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ । खेलमा आयोजकको तर्फबाट रन्जन बिष्टले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । लामाटोलका मनिष पौडेलले गोल गर्दै खेललाई बराबरीमा ल्याए । दुवै टिमले थप गोल गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा आयोजकका गोलरक्षक कृषल मोक्तानले २ वटा प्रहार बचाएका थिए । फाइनल खेलमा आयोजकका ऋषि मगर म्यान अफ द म्याच भए । प्रतियोगितामा आयोजक केदारेश्वरका कृषल मोक्तान उत्कृष्ट गोलरक्षक, आयोजककै राजन स्याङ्तानले उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गर्दा प्रतियोगिताभर ६ गोल गरेका लामाटोलका मनिष पौडेलले सर्वाधिक गोलकर्ताको पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको बिजेता, उपबिजेता तथा उत्कृष्ट खेलाडीलाई मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, नेपाली कांग्रेसका क्षेत्रीय सल्लाहकार शंकर न्यौपाने र आयोजक क्लवका अध्यक्ष प्रमोद अधिकारीले नगद, ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरेका थिए ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















