Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

मकवानपुरगढी गाउँपालिका

पर्यटकको आकर्षण बन्दै बुढिचौर(फोटो फिचर)

20201120_104655-1605851096.jpg

कल्भनबाट देखिएको बुढीचौर

५ मंसिर,हेटौँडा। यो सिजन मानिसहरु घुमफिरमा बिताइरहेका छन्। चाडबाडको समापनसँगै ६ महिना लामो  लकडाउनले घर भित्र बस्न बाध्य बनेका नागरिक यतिबेला जिल्ला भित्रका पर्यटकिय स्थल र पर्यटकीय सम्भावना बोकेको ठाउँहरु घुमफिर गरिरहेका छन्। कोरोनाको जोखिम कायमै रहेको अवस्थामा अहिले नयाँ पर्यटकीय गन्तव्य देखापरेका छन्।यसै क्रममा मकवानपुरको उत्तर पुर्वमा पर्ने मकवानपुर गढी गाउँपालिका वडा नम्बर-८ को बुढिचौर र आसपासका क्षेत्र यतिबेला पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। 

बुढिचौर खोलामा मिसिने झरना,सामरी खोलाको उत्गम स्थल,खुडेधारको भिर,मनोरम अग्ला बुढिचौर र छत्रेको करिब २५००मिटर अग्लो पहाड,शिवम् सिमेन्ट कल्भन खानी नयाँ पर्यटकीय स्थलहरुको रुपमा  देखा परेको छ। छत्रेको लेक र कल्भन खानिबाट देखिने निलो आकाश,मकवानपुर गढी दरबार,बुढीचौरको फाट, ॠखेश्वर गुफा, सुकौरा,बुढीचौर पुग्ने क्रममा सुकौरा माथि  सडको दायाँ बायाँ देखि अग्ला खोंच,हेटौँडा बजारको दृश्यले मन लोभ्याउने गर्दछ।

बागमती प्रदेशको राजधानी हेटौँडा बजारबाट करिब ३५ किलोमिटरको दुरीमा रहेको उक्त स्थान २ पाङ्रगे वा ४ पाङ्रगे सवारीमा १ घण्टा ३० मिनेटमा पुग्न सकिन्छ।कल्भनबाट देखिने छत्रेको लेक,बुढिचौर र आसपासका स्थानमा निलो कर्कटपातामा सजिएका रङगिबिरङगी घरहरु,बढीचौरमा फलेका सिमी,तोरी तथा अन्य कृषि उपजले बुढीचौरलाई सडक संजालसँग जोडिएको छ।अहिले धेरै घुम्नेहरुको रोजाइ बन्दै गएको छ बुढिचौर। कल्भनबाट देखिने  मनोरम दृश्य,अग्ला पहाडका थुम्का,चिसो सिरेटो आन्तरिक तथा वाहिय पर्यटकका लागि उपयुक्त गन्तव्य बन्न सक्छ।

20201120_104813-1605851098.jpg

छत्रेको लेक

20201120_104849-1605851285.jpg

मकवानपुरको सुकौरा

20201120_103131-1605851286.jpg

बुढीचौरको झरना

20201120_113231-1605851398.jpg

बुढीचौरको डाँडा

20201120_104529-1605851399.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार