Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राक्सिराङ गाउँपालिका

बहुचर्चित परेवाभिर:सडक निर्माणका लागि ठेक्का सम्झौता

20201208_074819-1607393303.jpg

सम्झौतापत्रमा हस्ताक्षर गदै कम्पनी प्रतिनिधि र गाउँपालिकाका प्रतिनिधि

२३ मंसिर, हेटौँडा  ।  निकै चर्चा कमाएको मकवानपुरको  राक्सिराङ गाउँपालिका वडा नम्बर ४ र ५ मा पर्ने परेवाभिरको ६ सय ३० मिटरको दुरीमा सडक बन्ने भएको छ। 

हिजो सोमबार सडक निर्माणका लागि गाउँपालिका र निर्माण कम्पनिका प्रतिनिधिबिच ठेक्का सम्झौता भएसँगै परेवाभिरमा सडक बन्ने पक्का भएको छ । सडकखण्ड निर्माणको ठेक्का सम्झौता बाँनिया लामा जेभी निर्माण कम्पनी र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतबिच हिजो भएको हो।

सम्झौतापत्रमा कम्पनीको प्रतिनिधि उज्वल बाँनिया र गाउँपालिका को तर्फबाट प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले हस्ताक्षर गरेका छन्।  गाउँपालिकाले सडक निर्माणको लागि ६ करोड ७५ लाख रुपैँयाको टेन्डर आव्हान गरेकोमा उक्त टेन्डर बाँनीया लामा जेभीलाई पाएको थियो। 

सडक निर्माणका लागि ठेक्का आब्हान भएको चार महिना पछि आज ठेक्का सम्झौता भएको हो।४ करोड ३२ लाख रुपैयामा ठेक्का सम्झौता भएको सडक १८ महिना अबधिमा निर्माण सम्पन्न हुने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताएका छन्।सडक निर्माणको लागि गाउँपालिकाले २ करोड तथा केन्द्रीय सरकारले २ करोड रुपैँया विनियोजन गरेको छ भने बाँकी रकम भने अन्य श्रोतबाट संकलन हुने गाउँपालिकाका अध्यक्ष मल्लले बताए। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार