Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

बकैया गाउँपालिका

नेता बानियाँद्वारा एक सय विद्यार्थीलाई न्यानो कपडा सहयोग

IMG-482ea8c2211a4d284a8e3-1610022850.jpg

२३ पुस, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ मा  रहेको जयकाली आधारभूत विद्यालयका एक सयजना छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । 
विद्यालयको ३० औं वार्षिक साधारणसभाका बीच बिहीबार बकैया गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ का सभापति दामोदर खनालले बानियाँबाट सहयोगस्वरुप प्राप्त ट्रयाक सुट हस्तान्तरण गरेका हुन् । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनको अध्यक्षतामा भएको कार्यक्रममा ६ नम्बर वडाध्यक्ष फूलबहादुर भोम्जन, बकैया गाउँपालिकाका शिक्षा शाखा अधिकृत आइतराम तामाङ, समाजसेवीहरु सुशान्त भोलोन, राजकुमार वाइबा, विजय वाइबा, भीम लामा, पत्रकार विनोद चौलागाईं, विद्यार्थी नेता मिलन पुडासैनी, गंगाराम भोलोन, रमेश फुयाँल, विद्यालयका प्रधानाध्यापक गंगाराम चौधरीलगायतको आतिथ्यतामा रहेको थियो । 
विकट गाउँमा विपन्न विद्यार्थीहरुलाई जाडोको समयमा न्यानो कपडा नहुँदा विद्यालय आउन कठिनाई भएको खबर पाएपछि आफूले व्यक्तिगत रुपमा ट्रयाक सुट सहयोग उपलब्ध गराइएको नेता बानियाँले बताए ।  
कार्यक्रमकैबीच समाजसेवी भीम लामाले विद्यालयलाई दुई थान सिलिङ फाइनसमेत सहयोग गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

थप समाचार