१३ माघ, हेटौँडा । मकवानपुर गढीगाउँपालिकामा कृषि तथा पर्यटन प्रबर्द्धनमा मिडियाको भुमिका सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
पालिका संचार प्रा लिको आयोजना,मकवानपुर गढी पत्रकार समाजको संयोजन तथा मकवानपुर गढीगाउँपालिकाको सहयोगमा कृषि तथा पर्यटन प्रबर्द्धनमा मिडियाको भुमिका सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
मकवानपुर गढीगाउँपालिका पत्रकार समाजका अध्यक्ष सरिता दाहालको सभाध्यक्षता तथा मकवानपुर गढीगाउँपालिका अध्यक्ष बिदुर हुमागाईंको प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम गढी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्र कान्त चौधरीले पालिकाले गत तथा यस आर्थिक वर्ष पुस महिना सम्म कृषि क्षेत्रमा भएगरेको उपलब्धी तथा कृषि प्रबर्द्धनमा गरिन सकिने कार्यको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम कुमार पुडासैनीले पर्यटन प्रवर्द्धनमा भएगरेका प्रगतिको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हुमागाईंले कृषि तथा पर्यटन प्रवर्द्धन र अन्य क्षेत्रको प्रवर्द्धनमा मिडियाको भुमिका महत्वपुर्ण रहेने बताएका छन् । उनले गाउँपालिकाका ८ वटै वडामा हुदै गएको विकासमा मिडिया पहरेदार भएको बताए ।
अभिमुखीकरण कार्यक्रम नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट ,महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणि दाहाल,गढीगाउँपालिका प्रवक्ता तथा गढी ३ का वडाध्यक्ष भागवत घिमिरे, रानी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष कृष्ण विडारी, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष अर्जुन प्रसाद दाहाल, प्रेस युनियन मकवानपुरमा अध्यक्ष तथा महासंघ उपाध्यक्ष कुमार अधिकारी, प्रेस संगठन मकवानपुर अध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहाल लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।
११ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको १५ औं अधिवेशन माघ १८ गतेको लागि बोलाउन प्रदेश प्रमुख समक्ष...
११ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा-१५ मा शौचालयमा लडेर एक वृद्धको मृत्यु भएको छ। शुक्रबार दिउँसो हेटौडा-१५...
११ माघ, हेटौंडा । हेटौंडा ९ बाट नाबालिकाई बलात्कारको आरोपमा एक पुरुषलाई पक्राउ परेका छन् । मकवानपुर प्रहरीले...
११ माघ, जनकपुर। मधेश प्रदेश सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ फिर्ता लिएको छ । चौतर्फी...
११ माघ, हेटौंडा । गोरखाको कुवामा डुबेर एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमादपालुङटार नगरपालिका-६...
११ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य एक हजार रूपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६००...
११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...
११ माघ, हेटौंडा । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले...
११ माघ, हेटौंडा । सुदूरपश्चिम प्रदेशसभाबाट ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको...
७ माघ, गैँडाकोट। नवलपुरमा गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गर्दा दुईजना घाइते भएका छन्।कालीगण्डकी करिडोरको...
१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...
२७ पुस, हेटौंडा। शनिबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ मा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका...
८ माघ, हेटौंडा। हेटौंडा १ मा महिला मृत अवस्थामा फेला परेकी छिन्। सोमबार मध्यरातमा हेटौडा - १ स्वर्गलोक स्थित...
११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...
२७ पुस, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनाको...
२७ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कार्पियो र कार ठक्कर खादा ८ जना घाईते भएका छन। पूर्व पश्चिम राजमार्ग...
१ माघ, हेटौंडा। मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्लाका बकैया...
२८ पुस, हेटौंडा । मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्। आइतबार...