१३ माघ, हेटौँडा । मकवानपुर गढीगाउँपालिकामा कृषि तथा पर्यटन प्रबर्द्धनमा मिडियाको भुमिका सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
पालिका संचार प्रा लिको आयोजना,मकवानपुर गढी पत्रकार समाजको संयोजन तथा मकवानपुर गढीगाउँपालिकाको सहयोगमा कृषि तथा पर्यटन प्रबर्द्धनमा मिडियाको भुमिका सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
मकवानपुर गढीगाउँपालिका पत्रकार समाजका अध्यक्ष सरिता दाहालको सभाध्यक्षता तथा मकवानपुर गढीगाउँपालिका अध्यक्ष बिदुर हुमागाईंको प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम गढी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्र कान्त चौधरीले पालिकाले गत तथा यस आर्थिक वर्ष पुस महिना सम्म कृषि क्षेत्रमा भएगरेको उपलब्धी तथा कृषि प्रबर्द्धनमा गरिन सकिने कार्यको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम कुमार पुडासैनीले पर्यटन प्रवर्द्धनमा भएगरेका प्रगतिको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हुमागाईंले कृषि तथा पर्यटन प्रवर्द्धन र अन्य क्षेत्रको प्रवर्द्धनमा मिडियाको भुमिका महत्वपुर्ण रहेने बताएका छन् । उनले गाउँपालिकाका ८ वटै वडामा हुदै गएको विकासमा मिडिया पहरेदार भएको बताए ।
अभिमुखीकरण कार्यक्रम नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट ,महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणि दाहाल,गढीगाउँपालिका प्रवक्ता तथा गढी ३ का वडाध्यक्ष भागवत घिमिरे, रानी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष कृष्ण विडारी, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष अर्जुन प्रसाद दाहाल, प्रेस युनियन मकवानपुरमा अध्यक्ष तथा महासंघ उपाध्यक्ष कुमार अधिकारी, प्रेस संगठन मकवानपुर अध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहाल लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















