२४ माघ, हेटौंडा । मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा हुनृ भएको छ । गाउँपालिकालाई माघ २९ गते एक समारोहकाबीच बालमैत्री घोषणा गरिने भएको हो ।
शनिबार गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २९ गते बालमैत्री घोषणा गरिने र त्यसको तयारी पुरा भएको गाउँपालिकाले जनाएको छ।
बालमैत्री स्थानीय शासनका ३९ वटा सुचकहरु मध्ये १९ वटामा सत प्रतिशत र २० वटा सुचकहरुमा ९८ प्रतिशत सफलता प्राप्त गरेकोले गाउँपालिकालाई बालमैत्री घोषणा गरिन लागिएको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताएका छन् । उनले घोषणा कार्यक्रमलाई सफल पार्न विभिन्न समिति र उप-समिति गठन गरिएको बताए ।
'बालमैत्री गाउँपालिका घोषणाका लागि २०७४ साल पुस १७ गते सामुहिक प्रतिबद्धता जनाई विभिन्न क्रियाकलाप गरिएको छ । सोही अनुरुप माघ २९ गते गाउँपालिकालाई बालमैत्री घोषणा गरिन लागिएको हो'-गाउँपालिका अध्यक्ष खनालले भने ।
त्यसैगरी पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष सरला बोलखेले गाउँपालिकाकाले बालमैत्री स्थानीय तह घोषणा गर्न अघिल्लो वर्ष ५० लाख र यस वर्ष ८० लाख रुपैया बजेट छुट्याएको बताइन् । उनले हाल अभियानका लागि १३ जना सहजकर्ताहरु कार्यरत रहेको बताइन् ।
माघ २९ गते बालमैत्री घोषणा भएसँगै मकवानपुरको बकैया दोस्रो बालमैत्री गाउँपालिका बन्ने छ । यसअघि मकवानपुरको पश्चिम क्षेत्रमा रहेको मनहरी गाउँपालिका जिल्लाको पहिलो बालमैत्री गाउँपालिकाको रुपमा घोषण भइसकेको छ ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















