नारी तिमी हौ सबको आशा
कुन शब्दमा दिउँ परिभाषा
खुशीको संसार हौ तिमी,
प्रेमको पुर्ण आकार हौ
घर आँगनलाई उज्यालो पार्ने
सूर्यको चमकार हौ
कही शक्तीको अवतार जस्तै
कहीं ईश्वरको चमत्कार जस्तै ,
नारी तिम्रो रुप अनेक
कुन शब्दमा दिउँ परिभाषा
नारी तिमी हौ बिश्वको आशा
महिलाको रोजगारिको अधिकार, समान ज्याला ,प्रजनन अधिकार, सम्पत्तिमा अधिकार र मताधिकारको माग राखेर गरिएको समग्र महिला आन्दोलनको दिन हो मार्च ८ । आज १११औं अन्तराष्ट्रिय महिला दिवस बिश्वभर मनाईदैछ । लोकतन्त्रमा सशक्तिकरणको आधार संबिधान हो । नेपालको संबिधानको मुल मर्मले महिला र पुरुष दुबैलाई समान अधिकार दिएको छ । तापनी अझै कतिपय अवस्थामा कानुनभित्रको बिभेद कायमै छ । जसरी एउटा पंछिलाई स्वतन्त्र आकाशमा खुल्ला भएर उड्नको लागी २ वटा पंखेटाको जरुरत पर्दछ त्यस्तै यो समग्र सृष्टि सहजताका साथ सुचारु हुनको लागी महिला रुपी पंखेटाको पनी उत्तिकै बिकास हुनु पर्दछ । कुनै पनी राष्ट्र समृद्धिपथमा तबसम्म लम्कन सक्दैन जबसम्म त्यो देशका महिलाहरु काँधमा काँध मिलाएर चल्न सक्दैनन् ।
‘यत्र नार्यास्तु पुज्यन्ते रमन्ते तत्र देवता’ आर्थात जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि खुशी हुन्छन् । नारी यस्तो फुल हो जो पतझडमा पनी सधैं सुगन्ध फैलाई रहन्छ । सामाजिक परिबेश, पारिवारिक अवस्था, शैक्षिक, राजनितिक चेतनाका कारणले महिलाहरु चाहना हुँदा हुँदै पनी अवसरबाट बन्चित भई रहेका छन् । सिक्ने अवसर त्यती हुँदाहुँदै पनी जती जानेका छन् त्यो भन्दा बढी महिलाहरु समझदार हुन्छन् । जुन दिन आधा आकाश ढाकेका महिलाहरु सशक्त हुन्छन त्यो दिन घर, परिवार, समाज र यो राष्ट्रले पक्कै कोल्टो फेर्ने छ ।
हिजो मताधिकारबाट बन्चित भएका महिलाहरु आज देशका प्रमुख निकायमा पुग्ने सामर्थ्य राखेका छन् । तर त्यसले समग्रमा सबै महिला जगतलाई प्रतिनिधित्व गर्न सकेको छ की छैन भनेर हामीजस्ता नेतृत्वमा पुग्ने चाहना राखेका र नेतृत्वमा पुगेका महिलाहरुले एकपटक गम्भिर भएर सोच्ने बेला आएको छ । किन बरिष्ठ स्थानमा पदासिन हुनेहरुले समग्र महिला आन्दोलनको प्रतिनिधित्व गर्न सकिरहेको छैन ? किन हामी र हाम्रो भनेर फराकिलो सोचाई राखेर अगाडि बढ्न सकिरहेका छैनौं ? अब सधैं भरी दिएनन् र पाएनौं भनेर रुन्चे गित गाउनु भन्दा नेतृत्वको अवसर भएका, पाएका, पुगेकाहरुको संरक्षण गर्दै गर्दै हुन खोज्ने, पाउन खोज्ने, जान खोज्नेको बाटो सहज गर्न हामी पनी लाग्ने की ? एकपटक आफैंले आफैंलाई गम्भिर भएर प्रश्न गरौं ।
भनिन्छ मयुरसंग भएको रंगिन पंखेटा हेर्दै सारा जगत मग्न हुन्छ, तर स्वयं मयुरले सधैं आफ्नो पन्जा हेरेर दूःख मनाउ गर्दै जिवन खेर फाल्छ । मयुर जस्तै आफ्नो महत्व नबुझेर कतै हामी पनि सबै कुराले पुर्ण हुँदा हुँदै पनी आफुभित्रको क्षमतालाई नचिनेर भएका कमजोरीको डरमा अगाडि बढ्नको लागी हिचकिचाई रहेका त छैनौं ? खियालागेपछी भएका हतियारको कुनै अर्थ रंहदैन, त्यसैले आउनुहोस समय छँदै भएका पंखेटाको उपयोग गरौं ।
दुर्गा, देबी, सरस्वती आदी नामले पुकारिरहँदा जिउँदा देबीहरुको बलात्कार गरी जिंउदै गाडिन्छ खै त्यहाँ कानुन ? खै त्यहाँ राज्य ? खै त्यहाँ न्याय ? अझै पनि दाईजो को निहुँ बोक्सीको निहुँ लगायतका कुनै न कुनै रुपमा पिसीइ रहनु पर्ने ? यस्ता विषयमा आवाज उठाउँ ।
त्यसैले, हरेक दिन महिलाको दिन हो, हरेक दिन शक्ति दिन हो, आजको यो एकता आजको यो सद्भाव बर्षै हम्रिो बिचमा रहने हो भने कुनै शक्तिले नारी शक्ति लाई डगमगाउने सामर्थ्य राख्दैन । १११ औं अन्तराष्ट्रिय महिला दिवसको सम्पुर्ण मातृ शक्तिमा शुभकामना ।
लेखक चितवनकी सामाजिक अभियानकर्मी हुन् ।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















