Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडाका शैक्षिक संस्था बैशाखभर बन्द रहने

20200621_203923-1618914462.jpg

७ बैशाख, हेटौंडा । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको मंगलबार बसेको बैठकले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण सम्बन्धी विभिन्न निर्णयहरु गरेको छ । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा मंगलवार बसेको बैठकले गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट आएका निर्णयहरूलाई जिल्लामा बैसाख ७ गतेदेखि लागू हुने गरी कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले हेटौडा उपमहानगरपालिकामा रहेका शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र) हरु भौतिक रूपमा संचालनमा रोक लगाएको छ ।

प्रशासनले अर्को सूचना नभएसम्म शैक्षिक संस्थाहरु भौतिक रूपमा नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न भनेको छ ।

यस्तै हेटौडा उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहहरूले जोखिमको आँकलन गरी आफ्नो स्थानीय तह अन्तर्गतका विद्यालयहरूमा जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गराई पठन पाठनलाई निरन्तरता दिन सक्ने जनाएको छ । साथै, सम्बन्धित स्थानीय तहको पालिका स्तरीय शिक्षा समितिको निर्णय बमोजिम हुने गरी परीक्षा यथाशीघ्र सञ्चालनको व्यवस्था मिलाउन पनि भनेको छ ।

विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी तोकिएको समयमा सञ्चालन गर्ने र सो को जानकारी शिक्षा विकास तथा समन्वय इकाई मार्फत जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, मकवानपुरलाई दिने समेत निर्णय भएको छ ।

बैठकले जिल्लाभित्र रहेका सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्पा, स्विमिंग पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शक सहितको खेलकूद र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम  बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । 

ब्युटिपार्लर र सैलुनहरूको हकमा पिपिई, मास्क र स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गरी एक पटकमा एक जनालाई मात्र सेवा प्रदान गर्ने गरी संचालन गर्न पाईने भएको छ ।यस्तै जिल्लाभित्रका मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बैशाख मसान्त सम्म नित्य पूजा मात्रै संचालन गर्न पाउने निर्णय गरेको छ ।यसैगरी सार्वजनिक स्थानमा एक पटकमा पच्चीस जना भन्दा बढी भेला  हुन नहुने, कुनै पनि सामान अनावश्यक बस्तु नछुने, दुई व्यक्तिको बीचमा दुई मिटर दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, पटक–पटक साबुन पानीले हात धुने वा सेनिटाइज गर्नुपर्ने निर्णय गरेको छ ।

मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा पच्चीस जना भन्दा बढी नहुने र जनस्वास्थ्यका मापदण्डको पालना हुने गरी सञ्चालन गर्न भनिएको छ ।

विवाह वा ब्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिई पच्चीस जनामा नबढ्ने गरी गर्ने बताईएको छ । 

साथै बैठकले सभा, सम्मेलन, गोष्ठी, सेमिनार, समीक्षा, बैठक, तालिम, प्रशिक्षण जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्नुपर्ने जनाएको छ । भौतिकरूपमा उपस्थित भई गर्नै पर्ने भएमा प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिई बढीमा पच्चीस जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय भएको छ ।

सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाईने, सबै यात्रुलाई मास्क लगाउन अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, चालक तथा सहचालकले मास्क र भाइजर लगाउनुपर्ने, सवारी साधनलाई दैनिकरूपमा निसङ्क्रमित गर्नुपर्ने, सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा दश रुपैयाँ लिई मास्क उपलब्ध गराउनुपर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने, लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी शुरू गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण जिल्ला ट्राफिक कार्यालय, मकवानपुर मार्फत जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसि मकवानपुरलाई उपलब्ध गराउनु पर्ने छ ।

यस्तै होटेल तथा रेष्टुरेन्टले विहान ८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म संचालन गर्न पाईने, होटेल तथा रेष्टुरेन्टका कामदारले अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउनु पर्ने, होटेल तथ


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार