Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विचार

सेवाग्राहीलाई सकस कहिलेसम्म मेयर ज्यू?

Bikesh-1499944092-1502436993.jpg

विकेशलाल श्रेष्ठ

श्रीमान् मेयर ज्यू
हेटौडा उपमहानगरपालिका
हेटौडा, मकवानपुर

  विषय: सेवाग्राहिले सकस भोग्नु परेको सम्वन्धमा ।

महोदय, 
प्रस्तुत विषयमा म हजुर सामु के अवगत गराउन चाहन्छु भनेदेखि हेटौडा उपमहानगरपालिका कार्यलयमा म जस्तै दैनिक सयौंको संख्यामा आउने सेवाग्राहिहरुले सहज वातावरणमा सेवा लिन पाइ रहेका छैनन् । 

मैले नव घर निर्माणको ईजाजत पत्र लिनको लागि चालेको प्रक्रिया दुई महिना वित्न लागि सक्दा पनि मेरो हातमा  आजको मिति सम्म त्यो कागज परेको छैन । कहिले कर्मचारी विदामा वसेको कारण काम नहुने त कहिले कर्मचारी जनतालाई सेवा दिने समयमा आकस्मिक वैठक वसेको कारण । कर्मचारी उपस्थित भएको समयमा पनि कर्मचारी आफ्नो सम्वन्धित निकाय स्थानमा नबसेको र सेवाग्राहि स्वयं आफै सम्बन्धित कर्मचारीलाई खोजी आफ्नो काम गराउनुपर्ने वाध्यता म आफैले भोग्ने मौका पाएँँ  यो दुई महिनाको उपमहानगरपालिकाको दौडधुपमा ।

आज पनि मेरो काम अन्तिम अवस्थामा पुगेको र केहि त्रुटिका कारण अधिकृत ज्युको हस्ताक्षर गराउनुपर्ने र म वहाको कार्य कोठामा पुगे तर वहा हुनुहुन्न थियो । वहाँलाई पर्खि बसेको एक घण्टा पश्चात थाह पाए मेयर ज्युले राख्नु भएको वैठकको लागि जानु भएको छ भनेर। नगरपालिकाले दिने सेवा अबको दस मिनेटमा सकिदै छ र म निराश भई घर फर्किनु पर्ने वाध्यता त छदै छ। म त यहि वजार निवासि भोली आएर काम सकौला तर अलि टाढाका जनता जो सेवा लिन नगरपालिका सम्म आउनुपर्ने वाध्यता छ तिनीहरुलाई कतिको सकस महसुस हुन्छ होला।

यसरी नै जनताले कहिले सम्म सकस भोग्नु पर्ने हो ? कहिले जनता खुसि भएर सहज वातावरणमा काम भएको महसुस गर्न पाउलान् ? आशा छ आगामि दिनहरुमा काम परेर नगरपालिका प्रवेश गर्दा सहज तरिकाले काम भएको वातावरण पाउनेछौ। र अन्तयमा कुनै पनि वैठक वस्नु परेमा कार्यलय समय भन्दा अगाडी वा पछाडि वस्न अनुरोध जस्ले गर्दा हामि सेवा लिन वाट वन्चित हुने थिएनौं ।
धन्यवाद। 
                                                   निवेदक
                                             विकेशलाल श्रेष्ठ


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार