१४ बैशाख, पोखरा । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याएका दलहरुले आफ्ना सांसदलाई रिसोर्टमा लगेर राखेका छन् । अविश्वास प्रस्तावमा मतदान हुने मिति नजिकिएसँगै विपक्षी गठबन्धनले आफ्ना सांसदहरुलाई रिसोर्टमा राखेको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालले आफ्ना सांसदहरुलाई मंगलबारदेखि रिसोर्टमा राखेका हुन् । केही दिनअघि लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेकै चार सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले सरकारमा सहभागी गराएपछि झस्किएका दलहरु गण्डकी प्रदेशमा पनि त्यस्तो अवस्था नदोहोरियोस् भनेर आफ्ना सांसदलाई रिसोर्टमा लगेर राखेका हुन् ।
यद्यपि, गण्डकी प्रदेशसभा सदस्य दिपक कोइरालाले सबै एकै ठाउँमा बसौं भन्ने लागेर सांसदहरु रिसोर्टमा बसेको बताए । ‘आन्तरिक छफफलका लागि सबै सँगै बसौं भन्ने लागेर एकै ठाउँमा बसेको हो,’ उनले भने, ‘प्रदेशसभामा प्रचुर बहुमत पुर्याउनेबारे आन्तरिक छलफल गर्न एकै ठाउँमा बसिएको हो ।’
काँग्रेस र माओवादी केन्द्रका सांसदहरु लेकसाइडस्थित कुटी रिसोर्टमा एकैठाउँ बसेका छन् भने जसपा नेपालकाका सांसद छुट्टै बसेका छन् । माओवादी केन्द्रका प्रदेशसभा सदस्य कोइरालाले अविश्वास प्रस्ताव अत्यधिक मतले पारित हुने दावी गरे । मुख्यमन्त्री गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा ४ पार्टीले एकढिक्का भएर मतदान गर्ने उनको भनाइ छ । उनले अविश्वासको प्रस्तावको पक्षमा ३२÷३३ मत पुग्ने दावीसमेत गरे ।
गण्डकी प्रदेशसभामा ६० जना सांसद छन् । त्यसमध्ये मुख्यमन्त्री गुरुङको दल नेकपा एमालेका २७ सांसद छन् । मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित दिपक मनाङेले पछिल्लो क्रममा आफू स्वतन्त्र सांसद भएको बताउँदै आएका छन् । माओवादी केन्द्रका १२, काँग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद छन् ।
मुख्यमन्त्री गुरुङलाई सरकार जोगाउनका लागि कम्तीमा ३१ मत आवश्यक पर्छ । यता संसदमा अविश्वास प्रस्ताव पारित गर्न पनि चार पार्टीले कम्तीमा ३१ मत पु¥याउनुपर्ने हुन्छ । यसकालागि काँग्रसका १५,जनता समाजवादी पार्टी २, राष्ट्रिय जनमोर्चा ३ र माओवादी १२ गरी कुल ३२ मत हुन्छ । त्यसमध्ये माओवादीका नेत्रनाथ अधिकारी सभामुख भएकाले उनले मतदान गर्न पाउने छै्रनन् । त्यसैले अहिलेको अवस्थामा विपक्षी गठबन्धनसँग ३१ मत प्रस्ट देखिन्छ । (रातोपाटीबाट)
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...







-1794097986.jpg)










