Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पत्रकार महासंघ बागमती प्रदेशले बनायो र्यापिड रेस्पोन्स टिम

Screenshot_20210501-13353-1619855342.jpg

१८ बैशाख, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना संक्रमणको जोखिममा रहेका पत्रकारहरुलाई परेको समस्या सम्बोधन र कोभिड १९ जोखिम न्युनिकरणको र्यापिड रेस्पोन्स टिम बनाएको छ ।
प्रदेश अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा शनिबार भर्चुअल बैठकले र्यापिड रेस्पोन्स टिम गठन गर्ने निर्णय गरेको हो । अध्यक्ष देवकोटाको संयोजकत्वमा गठित ११ सदस्यीय टिममा उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, सचिव युवराज पुरी, सचिव राजन गाउँले (विक), कोषाध्यक्ष रमेश ढुङ्गेल, कार्य समिति सदस्यहरु प्रविण दत्त, ज्ञानु श्रेष्ठ, काजि श्रेष्ठ, पेमा लामा, श्याम प्रसाद खतिवडा रहेका छन् । बैठकले सबै जिल्ला शाखाहरुलाई र्यापिड रेस्पोन्स टिम गठन गरी आवश्यक रणनीति निर्माण गरी काम गर्न आग्रह छ । टिमले संचारकर्मीहरूका लागि कोरोना जोखिम न्युनिकरणका लागि गाइडलाइन समेत तयार गर्नेछ ।
बैठकले कोभिड १९ बिरुद्धको खोप लगाउन बाँकी रहेका सञ्चारकर्मीहरुलाई खोप लगाउन र स्वास्थ्य सतर्कता अपनाएर मात्र कार्यक्षत्रमा अटिन आग्रह गर्दै प्रदेश र जिल्लास्थित सम्बन्धित निकायहरुलाई आश्यक खोपको प्रवन्ध गरी समन्वयको लागि अनुरोध गरेको छ ।
कोभिड १९ जोखिमका कारण सकेसम्म घरमै  बसेर काम गर्ने वातारण निर्माणको लागि सम्बन्धित सञ्चारमाध्यमहरुलाई आग्रह गर्दै महासंघले आफ्नो सञ्चारगृहमा रहेका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सतर्कताका सामग्रीहरु उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।
कोभिड जोखिमको बहानामा सञ्चारकर्मीहरुलाई बेतलबी बिदामा नराख्न र निष्काशन नगर्न सञ्चारमाध्महरुलाई आग्रह गर्दै महासंघले कोभिड बहानामा बेतलवी बिदामा राख्ने र निष्काशन गर्ने काम भए महासंघ कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।
कोभिड महामारीबाट प्रभावित बनेको संचारक्षेत्रलाई परेको आर्थिक क्षति न्यूनीकरणका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरुलाई आर्थिक प्याकेज उपलब्ध गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
बैठकमा संक्रमणकाे जाेखिम कम गर्न र संक्रमितहरुकाे उपचारलाई व्यवस्थित बनाउन सरकारी प्रयास प्रभावकारी हुन सकेकाेले उपचारमा उचित व्यवस्था मिलाउन तीनै तहका सरकार जुट्नुपर्नेमा जोड दिइएको थियो भने निषेधाज्ञाकाे प्रत्यक्ष मारमा पर्ने श्रमिक वर्गकाे राेजीराेटीका लागि आवश्यक प्याकेज ल्याउन पनि माग गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार