Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कोरोना संक्रमितलाई निःशुल्क उपचार गर्न कांग्रेस बागमती प्रदेश संसदीय दलको माग

Cogresss-Bagmati-1620295929.jpg

२३ बैशाख, हेटौंडा । कोरोना संक्रमितलाई निःशुल्क उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले माग गरेको छ । संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले विहिबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीसहित सबै खाले महामारीका विरामीको निःशुल्क उपचारको व्यवस्था गर्न संघीय र प्रदेश सरकारसंग माग गरेका छन् । प्रदेशका विभिन्न स्वास्थ संस्थामा आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको भएपनिसंघीय र प्रदेश सरकारमा चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यता देखिएको कांग्रेसको भनाई छ ।
कांग्रेसले कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अस्पताल बेड, आइसियु बेड, अक्सिजन र भेन्टिलेटर लगायतका स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधी र अन्य आवश्यक स्वास्थ्य सामाग्रीहरुको तत्काल समुचित व्यवस्था गर्न माग गरेको छ । उसले देशका सम्पूर्ण जिल्लाहरुमा कन्ट्याक ट्रेसिङ्गलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुको पिसीआर परिक्षणलाई व्यापक माग गर्दै कोरोना संक्रमण जोखिम न्युनिकरण अभियान स्वास्थ्यकर्मी र कर्मचारी प्रशासनको प्रयासबाट मात्रै सम्भव नहुने भएकाले जनप्रतिनिधिसंग सहकार्यका लागि संयन्त्र तयार गर्न सुझाव दिएको छ । 
प्रदेशका विभिन्न नाकाहरुमा स्वास्थ जाँचका लागि हेल्थ डेस्क राखी परीक्षण र शंकास्पदलाई होल्डीङ केन्द्रमा राख्ने व्यवस्था गर्न र प्रदेशका सबै स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न माग गर्दै स्वास्थ्यकर्मी, सफाईकर्मी र सुरक्षाकर्मीहरुलाई विमा एवं जोखिम भत्ता तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । त्यस्तै, बढ्दो संक्रमणसँगै स्वास्थ्य जनशक्तिको अभाव देखिएकाले अस्पतालहरुमा थप स्वास्थ्य जनशक्तिको व्यवस्था गर्न कांग्रेस बागमती प्रदेश संसदीय दलले माग गरेको छ ।
कोरोना जोखिम न्युनिकरणका लागि प्रदेशमा रहेको विपद व्यवस्थापन कोष र कोरोना रोकथाम, नियन्त्रण एवं उपचार कोषको तत्काल प्रभावकारी परिचालन गर्नुपर्ने, स्वास्थ्य सामग्री र खोप खरिदका क्रममा भएका अनियमितताबारे छानवीन गरि दोषीलाई कारवाही हुनुपर्ने कांग्रेसको भनाई छ । खोप आपूर्ति लगायत अत्यावश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति सुनिश्चित गर्न प्रभावकारी कुटनैतिक पहल गर्नुपर्ने, लकडाउनका समयमा पनि किसानका कृषि उपज तथा अन्य उपभोग्य वस्तुहरुको आपूर्ति र आवतजावतलाई सहज हुनुपर्ने,  विदेश जानेहरुलाई आवश्यक पिसिआर परिक्षण गर्ने अस्पतालहरुको संख्या बढाइनुपर्ने माग समेत गरिएको छ । 
त्यस्तै, लकडाउनका कारण दैनिक ज्याला गरी खाने श्रमिक बर्ग आर्थिक एवं सामाजिक समस्यामा परेको र खाली पेटले रोगसंग लड्न नसक्ने भएकाले दैनिक ज्यालादारी श्रमिक र विपन्न सर्वसाधारणलाई पौष्टिक आहारका लागि राहतको व्यवस्था गर्न माग गरिएको छ । विज्ञप्तिमा साना, घरेलु एवं स्वरोजगारमुलक व्यवसायीहरुलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउनुपर्ने, मास्क अनिवार्य लगाउने, सावुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा मापदण्डहरुलाई कडाइका साथ लागू गर्न अनुगमन संयन्त्र मजवुत गरिनुपर्नेमा जोड दिईएको छ ।  
कोरोना संक्रमण जोखिम न्युनिकरणका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँग सहकार्यका लागि तत्पर रहेको अवगत गराउँदै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई कोरोना भाइस र संक्रमणबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न हार्दिक अनुरोध गरेको छ ।

Screenshot_20210506-18023-1620303342.jpg
Screenshot_20210506-18023-1620303359.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार