Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राष्ट्रियसभाः अंकगणितमा थापा बलियो, निर्णायक माधव समूह

Ram-Khim-1620387526.jpg

२४ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा अंकगणितीय रुपमा रामबहादुर थापा बादल बलियो देखिएका छन् । ३ जना उम्मेदवारमध्ये थापा अंकगणितका हिसावले बलियो देखिएका हुन् ।
बागमती प्रदेशमा नेकपा एमालेका ५७ जना प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि १ सय ३३ जना रहेका छन् । ५७ सांसदको ४८ मतभारका दरले २ हजार ७ सय ३६ मत र १ सय ३३ स्थानीय तहका जनप्रतिनिधिको १८ मतभारका दरले २ हजार ३ सय ९४ गरी थापाको पक्षमा ५ हजार १ सय ३० मत रहेको छ । तर यसमा माधव नेपाल समूहको मत निर्णायक बन्ने देखिन्छ । माधव नेपाल समूहले बादललाई मतदान नगरेको खण्डमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा बलियो बन्ने छन् । उम्मेदवारी दर्ताका क्रममा एमाले माधव नेपाल समूहका नेताहरु देवकोटासंगै रहेकाले उनीहरुको मत देवकोटालाई जाने आंकलन गरिएको छ । तर ति नेताहरुले यसबारे खुलेर बताएनन् । 
देवकोटालाई नेकपा माओवादी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थन रहेको छ । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका २३ सांसद र ३३ जनप्रतिनिधि रहेका छन् । २३ सांसदको ४८ मतभारका दरले १ हजार १ सय ४ र ३३ स्थानीय तहका जनप्रतिनिधिको १८ मतभारका दरले ५९४ गरी १ हजार ६ सय ९८ मत रहेको छ । त्यस्तै, नेपाली कांग्रेसको २२ प्रदेशसभा सदस्यको ४८ मतभारका दरले १ हजार ५६ र ६७ स्थानीय तहका जनप्रतिनिधिको १८ का दरले १ हजार २ सय ७ गरी २ हजार २ सय ६३ मत रहेको छ भने समाजवादीको १ प्रदेशसभा सदस्यको मतभारले ४८ मत र स्थानीय तहको जनप्रतिनिधि १ जनाको मतभारको १८ गरी ६६ मत छ । यसरी हेर्दा देवकोटाको पक्षमा माओवादीको १ हजार ६ सय ९८, नेपाली कांग्रेसको २ हजार २ सय ६२ र समाजवादीको ६६ गरी ४ हजार २६ मत रहेको छ । 
त्यस्तै, नेमपिकाको तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर तामाङको नेमकिपाका २ प्रदेशसभा सदस्यको मतभारको हिसावले ९६ र २ स्थानीय तहका जनप्रतिनिधिको ३६ गरी १ सय ३२ मत रहेको छ । राष्ट्रियसभा निर्वाचनमा राप्रपाको २ प्रदेशसभा सांसदको मतभारको दरले ९६ र २ स्थानीय तहका जनप्रतिनिधिको मतभार ३६ का हिसावले १ सय ३२ मत रहको छ भने २ प्रदेशसभा सदस्य रहेको विवेकशिलको ९६ मत रहेको छ । यी दलले उम्मेदवारी दर्ता नगराएकोले कसलाई समर्थन गर्ने खुलेको छैन । विवेकशिलका सांसद रमेश पौड्यालले आफ्नो पार्टीले अहिलेसम्म कसलाई समर्थन गर्ने भन्ने बारे निर्णय नगरेको जानकारी दिए ।
अंकगणितको सोझो हिसावले रामबहादुर थापा बादल बलियो देखिएपछि नेकपा एमाले भित्रकै माधव नेपाल समूहले फ्लोर क्रस गर्ने सम्भावना रहेकाले देवकोटाले विजय हासिल गर्दा पनि अनौठो नहुने देखिन्छ ।

Graph-1620388606.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार