Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपाल पक्षका सांसद सामूहिक राजीनामा दिने निर्णयमा

Madhav-Kumar-Nepal-1620531061.jpg

फाइल तस्विर

२६ बैशाख, काठमाडौं । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारमा निरन्तरता दिनु भन्दा अन्ततः सामूहिक राजीनामा दिने निर्णयमा नेकपा एमाले  माधवकुमार नेपाल पक्षका सांसदहरु पुगेका छन् ।
योसँगै ओलीले आगामी २७ गते लिन लागेको विश्वासको मतमा नेपाल पक्षको साथ जुटाउन गरेका सबै प्रयास असफल भएका छन् । शनिबार सातदोबाटोमा करिव ६ घण्टा छलफल गरेपछि यो पक्ष ओलीलाई साथ दिनुभन्दा सामूहिक राजीनामा दिनु उपयुक्त हुने निर्णयमा पुगेको हो । नेपाल पक्षका सांसद झपट रावलका अनुसार छलफलमा प्रत्यक्षतर्फका २० जना सांसदहरुले सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी नेता माधवकुमार नेपाललाई बुझाएका छन् । बाँकी केही प्रत्यक्षतर्फका सांसदहरुले पनि राजीनामा बुझाउने छन् । राजीनामा दिनेमा नेपाल पक्षका समानुपातिक सासंदहरु पनि पर्ने छन् ।
रावलले भने,‘ओलीले हाम्रो माग र अडानको अपमान गर्नुभयो। उहाँले यसैपनि सत्ता जोगाउन हामीलाई कारवाही गर्ने तयारी नै गर्नु भएको छ । अब उहाँलाई साथ दिन सक्ने अवस्था छैन । त्यसैले सामूहिक राजीनामा दिने निर्णय भएको हो।’ उनका उनुसार यो सामूहिक राजीनामा आज संसदमा बुझाइने छ। नेपाल पक्षले ओलीलाई पुनः प्रधानमन्त्री बनाउनुपर्ने र कारबाही पनि भोग्नु पर्ने अवस्था आउन लागेकाले सामूहिक राजीनामा दिन तयार भएको रावलले बताए ।
उनले भने,‘ओलीले हामीलाई एमाले हुन दिनु भएन। त्यसबाट हामी निकै अपमानित भएका छौँ । नेपालको संसदीय इतिहासमा पहिलो पटक यस्तो निर्णय लिन हामी बाध्य भएका हौँ ।’ यता ओली नेपाल पक्षले साथ नदिने अवस्था आएमा उनीहरुलाई सांसद पदबाट निस्कासन गर्ने मामिलामा तयार भएको स्रोतहरुले दाबी गर्दै आएका छन् । तर नेपाल पक्षले एमाले एकताका लागि अन्तिम प्रयासबाट भने नचुक्ने निर्णय गरेको छ ।
फागुन २३ मा सर्वोच्च अदालतले ब्यूँताएको एमालेमा ओलीले फागुन २८ गते नेपाल पक्षका सबै पदाधिकारीलाई जिम्मेवारीबिहिन अवस्थामा पुर्याएका थिए । त्यसको विरोधमा नेपाल पक्ष तत्कालै उत्रिएको थियो । तर नेपाल पक्षबिनाका बैठकहरुबाट ओलीले महाधिवेशन आयोजक कमिटी बनाउने, विधान संशोधन गर्नेदेखि लिएर दर्जनौँ निर्णय गरेका थिए । त्यसको विरोधमा नेपाल पक्षले मुलुकभर समानान्तर कमिटी गठन, भेला र कार्यक्रमहरु गर्दै आएको थियो ।
तर आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै नेपाल पक्ष फकाउने नीतिमा ओली उत्रिएका थिए । त्यसका लागि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसहित आफ्ना विश्वासपात्र दोस्रो तहका नेताहरुलाई खटाएका थिए । ओलीपक्षसँगको वार्तामा नेपाल पक्षका पनि दोस्रो तहका नेताहरु बसिरहेका थिए । तर ती वार्ताहरुमा नेपाल पक्षले आफ्ना माग र अडान ओलीले सम्बोधन नगर्ने निष्कर्ष निकाल्दै सामूहिक राजीनामा दिने निर्णयमा पुगेको हो । यो बीचमा प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको उच्च तहमा पनि नेपाल पक्षको छलफल भएको थियो ।
यो सँगै ओलीले आफ्नो सत्ता बचाउन आगामी २ दिनभित्र कठोर कदम लिन सक्ने आंकलन बढेको छ । (देशसञ्चारबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार