३० बैशाख, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले जिल्लाका संचारकर्मी र संचारगृहका लागि ९ बुँदे एड्भाइजरी जारी गरेको छ ।
महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले संचारकर्मी र संचारगृहलाई कोरोना जोखिमबाट जोगिन गर्न हुने र नहुने ९ बुँदे एड्भाईजरी जारी गरेका हुन् ।
विज्ञप्तिमा जोखिमको अवस्थामा आफ्नो कर्तव्य पुरा गर्न खटिएका संचारकर्मीहरूलाई नेपाल पत्रकार महासंघ मकवानपुरले मास्क, सेनेटाईजर जस्ता स्वास्थ्य सामग्रीको व्यवस्था गरेको अवगत गराउँदै यो सुविधाको उपयोग गर्न संचारकर्मीहरूमा महासंघले आग्रह गरेको छ । मकवानपुरमा हालसम्म नेपाल पत्रकार महासंघका ११ जना सदस्य पत्रकार कोरोना संक्रमित भइ होम आइसोलेसनमा रहेको र उनीहरूसंग महासंघ निरन्तर सम्पर्क रहेको जनाउँदै महासंघदे संक्रमित पत्रकारलाई नेपाल पत्रकार महासंघको कार्यसमिति र स्वास्थ्य समितिको टोलीले घरमै पुगेर भेट्नुका साथै स्वास्थ्य र फलफुल लगायतको सामग्री उपलब्ध गराई स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम भएको जनाइएको छ ।
महासंघले संक्रमित पत्रकारहरूका लागि गौरीटारमा रहेको आइसोलेशनमा छुट्टै व्यवस्थाका लागि समन्वय गरेकाले होम आइसोलेसनमा बस्न समस्या भएको अवस्थामा महासंघमा सम्पर्क गर्न अनुरोध गरेको छ । बढ्दो संक्रमणसँगै अस्पतालमा आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभाव देखिन थालेको जनाउँदै महासंघले यस्तो अवस्थामा स्वास्थ्य पूर्वाधारको थप व्यवस्था गरि नागरिकको जीवन रक्षाका लागि जुट्न सम्बन्धित सबै पक्षसंग आग्रह गरेको छ ।
महामारीको यस घडीमा सबै पक्षसँग सहकार्यका लागि प्रतिबद्ध रहेको समेत महासंघले अवगत गराएको छ ।
अहिलेको जोखिमपूर्ण अवस्थामा संचारगृह र संचारकर्मीलाई नेपाल पत्रकार महासंघ मकवानपुरले यस्तो एड्भाईजरी जारी गरेको छ ।
१) सकभर फोन र सामाजिक सञ्जालको प्रयोग गरि दैनिक समाचार संकलनको काम गर्नु हुन ।
२) स्थलगत रूपमा समाचार संकलनमा जानु पर्दा कोरोना जोखिम न्यूनीकरणका लागि नेपाल सरकारद्वारा जारी स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्नु हुन ।
३) स्थलगत रूपमा समाचार संकलनमा जानु पर्दा आफ्नो मिडिया, पेशागत संगठन वा महासंघले उपलब्ध गराएको प्रेस ज्याकेट लगाउनुहुन र मिडिया हाउसले उपलब्ध गराएको परिचय खुल्ने फोटोसहितको प्रेस कार्ड अनिवार्य देखिने गरी लगाउनु हुन ।
४) जाँचमा खटिएका सुरक्षाकर्मीले रोके आफ्नो परिचय स्पष्टसंग दिनुहुन र प्रेस कार्ड देखाउनु हुन । समस्या परे पत्रकार महासंघका पदाधिकारीहरूसंग समन्वय गर्नुहुन, जाँचमा खटिनु भएका सुरक्षाकर्मीहरूसंग वादविवाद नगर्नुहुन ।
५) संचारमाध्यमले गैरपत्रकारलाई अनावश्यक ढंगबाट प्रेस ज्याकेट र कार्ड उपलब्ध नगराउनु हुन । यस्तो कार्ड बोकेको अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिए व्यक्ति स्वयं जिम्मेवार हुने ।
६) गैरपत्रकारले प्रेस ज्याकेट र कार्ड प्रयोग गरेको जानकारी भए पत्रकार महासंघ वा सुरक्षाकर्मीलाई जानकारी दिनुहुन ।
७) संचारमाध्यमले आफ्नो संचारगृहमा कार्यरत संचारकर्मीहरूलाई कोरोना संक्रमणको जोखिमबाट जोगाउन सकभर 'वर्क फ्रम होम' को व्यवस्था गर्नुहुन । नसकिने अवस्थामा स्वास्थ्य मापदण्ड पालना गराउनुहुन र स्वास्थ्य सामग्रीको व्यवस्था गर्नुहुन ।
८) जोखिम मोलेर संचारकर्ममा खटिनु भएका आफ्ना कर्मचारी संचारकर्मीहरूको सेवा सुविधालाई नियमित उपलब्ध गराउनुहुन ।
९) प्रदेश सरकारका विभिन्न निकाय र स्थानीय तहबाट संचारमाध्यमलाई विज्ञापन बापत उपलब्ध हुने कोरोना सम्बन्धी सन्देशका लागि सम्झौता गर्नुहुन । सामाजिक उतरदायित्व अन्तर कोरोना सम्बन्धी सचेतना सन्देश संचारमाध्यमबाट स्वस्फूर्त रूपमा सम्प्रेषण गर्नुहुन ।
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...







-1794097986.jpg)










