Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरगढीका अध्यक्ष विदुर हुमागाइ कार्यशैलिको विरोध

Screenshot_20210514-12534-1620976242.jpg

३१ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका कार्यसमितिले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाइँ कार्यशैलिको विरोध गर्दै आपत्ति जनाएको छ ।

समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गदै गाउँपालिकाको ठूलो बजेटका परियोजनाहरु एकांकी र आस्थाका आधारमा एकल निर्णयबाट गर्ने गरेको, नीति विपरित आसेपासे र कार्यकर्ताको पालनपोषणमा बजेट खर्च गरेको आरोप लगाएको हो । 

कांग्रेस गाउँपालिका सभापति राजवीर मोक्तान र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ का निर्वाचित वडा अध्यक्ष सूर्यबहादुर मोक्तानद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत गाउँपालिकाका अध्यक्ष हुँमागाईको कार्यशैलिको विरोध गरिएको छ ।

विज्ञप्तिमा जिल्ला दैविक प्रकोप उद्धार समिति मार्फत सामरी खोलाका विभिन्न स्थानबाट मिति २०७७ चैत्र १६ गतेदेखि ३१ गतेसम्म निकालिएको नदीजन्य पदार्थ क्रसर उद्योग र नगर क्षेत्रमा समेत पठाइएको तथा हाल घाटगट्टी गरिएको स्थानहरुमा जिल्ला समन्वय समिति अन्तर्गतको अनुगमन समिति मार्फत स्थानीय दल, प्रतिनीधि र प्राविधिकहरुको रोहवरमा स्टक प्रमाणित गरी गाउँपालिकाको आम्दानी देखाएर मात्र अन्यत्र ओसारपसार गर्नुपर्ने माग गरिएको छ । 

यस्तै गाउँपालिकाले गरिव, किसान, दलित, असहाय, निम्न स्तरका घर परिवार र सुकुम्बासीहरुका लागि वितरण गर्ने कृषि प्रविधि, गाइबाख्रा, मलवीउ, जस्तापाता लगायत अन्य सेवा सुविधाहरु पार्टीले दिएको भनि प्रचार गरिएकोले त्यस्तो कार्य रोक्नुपर्ने, बासुदेव मार्ग ट्रयाक सफाई तथा नयाँ ट्रयाक खोल्ने काम मापदण्ड अनुसार नभएको जनगुनासो आएकोले प्राविधिकले गर्ने आयोजनाहरुको अनुगमन मुल्यांकन र कार्यान्वयन पूर्वाग्रही ढंगबाट भएकोले त्यसलाई सुधार गर्नुपर्ने कांग्रेसको माग छ ।

पालिकास्तरीय १५ शैयाको हस्पिटल निर्माण कार्यको ठेक्का साईड क्लियरेन्स नगरी खुलाइएको र साइड क्लियरेन्सको काम पनि ठेक्का प्रणालिबाट नगइ आफू निकटलाई सोझै दिएको भन्दै आपत्ति जनाइएको छ ।कांग्रेसले सुधारका लागि उठाएका सवाल सुधार नगरी अटेर गरिएमा प्रमाणसहित कर्तुत सार्वजनिक गर्ने चेतावनी समेत दिएको छ ।

Screenshot_20210514-12562-1620976243.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार