६ जेठ, हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरले कोरोना संक्रमित विरामीको हेरचाह तथा घरबाट अस्पतालसम्म ल्याउनको लागि सहजीकरण गर्नेबारे चासो लिएको छ ।
तरुण दल मकवानपुरको टोलीले बिहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका पदाधिकारी तथा सदस्यहरुसँग भेट गरी संक्रमितको सहज उपचारको व्यवस्था गर्न समन्वय र सहकार्य गर्नेबारे छलफल गरेको हो ।
तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकसहित अस्पतालमा पुगेको टोलीले संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको लागि २५ थान पिपिई सेट र एक हजार थान मास्कसमेत सहयोग गरेको छ । तरुण दलका अध्यक्ष पाठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाईलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
सामाग्री हस्तान्तरणपछिको छलफलमा तरुण दल अध्यक्ष पाठकले कोरोना संक्रमितको सहज उपचारको लागि समन्वय गर्न तरुण दल तयारी अवस्थामा रहेको बताए । तरुण हेल्पलाइन नै सञ्चालन गरी संक्रमितलाई अक्सिजन, एम्बुलेन्स र रगत र अस्पताल तथा आइसोलेसनको व्यवस्थापनमा खटिएको उनले बताए । त्यसको लागि अस्पतालले समन्वय गर्नुपर्नेमा उनले जोड दिए । अन्य सामाग्री आवश्यक परेमा सहयोग गर्न तयार रहेको पनि उनले बताए ।
नेपाली कांग्रेसका युवा नेता राजेश भेटवालले आवश्यकताअनुसार आफूहरुले संक्रमितको उपचारमा जुनसुकै तवबरले सहयोग गर्न तयार रहेको बताए । संक्रमितको उपचारमा कसरी बढीभन्दा बढी सहजता अपनाउन सकिन्छ भन्नेबारे योजना बनाउन उनले अस्पताललाई आग्रह गरे ।
प्रतिष्ठानका रष्टिार प्रसाईले तरुण दलले गरेको स्वास्थ्य सामाग्री सहयोगप्रति आभार व्यक्त गर्दै संक्रमित पहिचान भएदेखि नै एकपटक अनिवार्य अस्पतालसम्म ल्याउन समन्वय गर्न आग्रह गरे । संक्रमितलाई अप्ठेरो महसुस नभए पनि फोक्सोमा समस्या भइरहेको हुनसक्ने भन्दै धेरैलाई यो सचेत गराउनु आवश्यक रहेको प्रसाईले बताए ।
स्वास्थ्य सामाग्री हस्तान्तरण तथा छलफल कार्यक्रममा तरुण दल मकवानपुरका उपाध्यक्ष निराजन वर्तौला, सचिव सचित थापा, नेपाली कांग्रेस मकवानपुरका तरुण विभाग सदस्य विकेशलाल श्रेष्ठ, कुमार पोखरेल, तरुण नेता एवम् हेटौंडा–२ नम्बर वडा सदस्य सुदिप राजबाहक, ६ नम्बर वडा सदस्य राजकुमार बास्तोला, तरुण नेताहरु रोज थापा, रुपेश केसी, योग्यराज सापकोटा, नितेश लामा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सदस्य उत्सव चौलागाई, हिरा वाइबालगायतको सहभागिता रहेको थियो ।
यसैबीच नेपाल तरुण दल मकवानपुरले सञ्चालन गरेको तरुण हेल्पलाइन सेवा सञ्चालनको लागि कांग्रेस युवा नेता राजेश भेटवालले ३० हजार रुपैयाँ सहयोग गरेका छन् । संक्रमितको उपचारमा समन्वय गर्ने क्रममा हुने खर्चको व्यवस्थापनको लागि भन्दै भेटवालले तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकलाई रकम हस्तान्तरण गरेका हुन् । तरुण हैल्पलाइनकै लागि तरुण नेता योग्यराज सापकोटाले पनि १५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...







-1794097986.jpg)










