Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राक्सिराङ गाउँपालिका

लियो तथा लायन्स क्लबद्वारा मकवानपुरको राक्सिराङमा खाद्यान्न सहयोग

Screenshot_20210531-14514-1622452170.jpg

१७ जेठ,हेटौंडा। मकवानपुरमा कृयाशिल लायन्स क्लब अफ हेटौडा  तथा लियो क्लबहरुको सहयोग तथा गाउँपालिकाको समन्वयमा मकवानपुरको विकट राक्सिराङ गाँउपालिकाको २ वटा वडामा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको छ। 

लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथ,लायन्स क्लब अफ हेटौडा मुक्तिनाथ मल्टिभिजन, लियो क्लब अफ हेटौडा मुक्तिनाथ र लियो क्लब अफ हेटौडा मुक्तिनाथ मल्टिभिजनको समन्वय र सहकार्यकामा संयुक्त रुपमा राक्सिराङको दुईवटा वडाका ३० घरपरिवारलाई खाद्यान्न र स्वास्थ्य सामाग्री  सहयोग गरिएको हो।लियो तथा लायन्समा आवद्ध ४ वटा क्लबले राक्सिराङ गाउँपालिकाको  वडा नम्बर ४ र ५ का ३० घर परिवारलाई चामल २० किलो,दाल-२ किलो,नुन- १ प्याकेट,तेल- १ लिटर,सोयाबिन- १/२ किलो, साबुन- ६ पिस, मास्क- १० पिस सहयोग गरेका हुन। 

उक्त स्थानमा बसोवास गर्ने मानिस ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने गरेको र निषेधाज्ञा जारीभएसँगै जीविकोपार्जन गर्न समस्या परेको समाचार बिहिरिएसँगै लायन्स र लियोको सकृयतामा खाधान्न तथा स्वास्थ्य सामाग्री सहयोग सहयोग गरिएको  लायो तथा लायन्स क्लबमा आबद्ध मकवानपुरका युवा समाजसेवी विकेशलाल श्रेष्ठले जानकारी दिएका छन। 

एउटा नागरिकले अर्को नागरिक समस्यामा पर्दा सहयोग गर्नुपर्छ भन्ने भावनाले लकडाउनले दैनिक ज्याला मजदुरी गरेर खाने मानिसहरुको समस्यामा मलम लगाउन लियो तथा लायन्समा आवद्ध विभिन्न क्लबको पहलमा खाधान्न र स्वास्थ्य सामाग्री सहयोग गरिएको हेटौडा मुक्तिनाथका संस्थापक अध्यक्ष राजेश भेटवालले बताए।हामी सेवा गर्छौ भन्ने लायन्सको मुल नारालाई आत्मसाथ गर्दै आर्थिक अवस्था कमजोर भएका उक्त गाउँपालिकाको दुई वटा वडाका ३० घरपरिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको कार्यक्रमका कार्यक्रम संयोजक कुमार पोखरेलले बताए। 

कार्यक्रममा लायन्स क्लब अफ हेटौडा मुक्तिनाथका अध्यक्ष तेज प्रसाद उप्रेती ( रमेश),कोषाध्यक्ष अमृत पाठक लायन्स क्लब अफ हेटौडा मुक्तिनाथका संस्थापक अध्यक्ष राजेश भेटवाल, लायन्स क्लब अफ हेटौडा मुक्तिनाथ मल्टिभिजनका संस्थापक अध्यक्ष निराजन बर्तौला लगायतको उपस्थिति रहेको थियो।कोरोना बिरामीलाई सहकार्य गर्दै आएको क्लबले हेटौंडामा अक्सिजन बैंक संचालन गरिरहेको छ भने जिल्लाको विभिन्न स्थानमा पुगेर स्वास्थ सामाग्री तथा खाधान्न वितरण गर्दै आईरहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार