Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरका प्रजिअ भन्छन-कोरोनाको 'चेन ब्रेक गर्न सबैको सहयोग आवश्यक

20210509154741_IMG_0446-1622455819.JPG

१७ जेठ,हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले जिल्लामा फैलिरहेको कोरोना भाइरसको संक्रमण न्यूनिकरणमा कोरोनाको चेन ब्रेक गर्न अपरिहार्य रहेको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन।  

सोमबार मकवानपुरका सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया  कार्यक्रममा बोल्दै प्रजिअ पाण्डेले कोरोना नियन्त्रण र दोस्रो भेरिएन्टको कोरोनाको 'चेन ब्रेक' गर्न स्थानीय सरकार तथा जनप्रतिनिधि,सुरक्षाकर्मी,सञ्चारकर्मी,स्वास्थ्यकर्मी सहित सबै क्षेत्रका मानिसहरुको  सहयोग आवश्यक रहेको बताएका हुन। 

जारी निषेधाज्ञाका कारण निम्न आय भएका व्यक्ति र दैनिक व्यापार गरेरे जीविकोपार्जन गर्ने मानिसहरु समस्यामा परेको बताउदै कोरोना नियन्त्रणमा नेपाल सरकारको निर्णय बमोजिम आयआर्जनको क्षेत्र बन्द गर्न बाध्यात्मक अवस्था आएको स्पष्ट पारेका छन। 

"हेटौंडा नगरको वडा नम्बर २, ४ र ५ मा बढी संक्रमित भेटिएकोले हेटौंडा बजारको चार किल्लामा प्रवेश निषेध र पसल बन्द गर्नुपरेको बाध्यात्मक अवस्था आएको हो, खाद्यान्न पसल खोल्दा भिडभाड बढेको पाइएकोले पसल बन्द गरेका हौं तर उद्योग वाणिज्य संघको समन्वयभा फलफूल दुध बिक्री गर्न दिइएका छौ- प्रजिअ पाण्डेले भने। 

छलफलमा प्रजिअ पाण्डेले कोरोनाको संक्रमण दर र अवस्था हेरेर निषेधाज्ञालाई परिमार्जन गर्न सक्ने समेत बताए। 

बजारमा कालोबजारी बढेको छ नि भन्ने पत्रकारको प्रश्नमा प्रजिअ पाण्डेले कालोबजारी गर्ने६७ वटा पसलको अनुगमन समेत गरिएको र संक्रमण रोग ऐन अन्तर्गत मुद्दा दर्ता गरी ३ लाख ८० हजार रुपैयाँ जरिवाना तिराइएको बताए।  

छलफल कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले निषेधाज्ञा कडाइ गर्न आ-आफ्नो क्षेत्रबाट चालिएको कदमको बारेमा अवगत गराएका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार