Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेता बानियाँद्वारा हेटौंडा-१३ र १८ का १६० घरपरिवारलाई खाद्य सामाग्री सहयोग

Screenshot_20210602-17583-1622636027.jpg

१९ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिका १३ र १८ मा न्युन आय भएका १ सय ६० घरपरिवारलाई खाद्य सामाग्री सहयोग गरेका छन् ।
नेता बानियाँले बुधबार कोरोना महामारी र निशेषाज्ञाका कारण श्रम गर्न नपाएर घरमै बसिरहेका हेटौंडा १३ ठूलोथली र गुम्बाचोकमा न्युन आय भएका ९३ घरपरिवार तथा हेटौंडा १८ सुकौराका ६७ घरपरिवारलाई खाद्य सामाग्री सहयोग गरेका हुन् ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले न्यून आय भएका दुवै वडामा गरी १ सय ६० घरका प्रतिपरिवारलाई १ बोरा चामल, नुन, तेल, दाल, चनालगायतका खाद्य सामाग्रीहरु सहयोग गरेका छन् । खाद्य सामाग्रीहरु हस्तान्तरण गर्दै नेता बानियाँले जनता कोरोना महामारीको विषम परिस्थितिसंग जुधिरहँदा पनि सरकार निरिह भई जनताप्रति उत्तरदाही नभएको बताए ।
नेता बानियाँले निशेषाज्ञामा सरकारले राज्यको सम्पूर्ण संयन्त्र लगाएर जनतालाई रोग र भोकबाट मुक्त गर्नुपर्नेमा सरकारमा नेतृत्व गरिरहेकाहरु कोरोना महामारीलाई बेवास्था गर्दै राजनीतिक खिचातानीमा अल्झिरहेकाले सरकारलाई ध्यानाकर्षण गराउन कांग्रेसले मानवता देखाउँदै सन्देशमूलक उपस्थिति र दवाबसहित सहयोग गरेको बताए ।
नेता बानियाँले सरकारले जतिसक्दो चाँडो कोरोनालाई परास्त गर्न खोपको ब्यवस्था गरेर वर्षाको समय आईसकेका कारण बाढीपहिरोबाट हुने क्षति आंकलन गरी न्यूनिकरण गर्नुका साथै उद्दार र राहातको लागि अग्रिम सतर्कता अपनाउन केन्द्र, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे ।
कार्यक्रममा कांग्रेसका जिल्ला सदस्यहरु शुशान्त श्रेष्ठ, अर्जुन तिवारी, कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महिला नेतृ लक्ष्मी थिङ, पुरुषोत्तम अधिकारी, हेटौंडा १८ का तरुण दल अध्यक्ष अशोक केसी, योगराज खतिवडा, रुपेश केसी, विद्यार्थी नेता मिलन पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार