१९जेठ,हेटौंडा–मकवानपुरको राक्सिराङ गाउँपालिका–९ खैराङ, डन्टारमा विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन् । त्यसमध्ये साढे २ वर्षीय बालक प्रेमबहादुर प्रजा गम्भीर बिरामी भई गाउँपालिकाले एम्बुलेन्स पठाएर उपचारको लागि भरतपुर लगिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
स्थानीय हरिशरण प्रजाको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर गए राति खाएका थिए । च्याउ खाएपछि बान्ता आउनेलगायतका समस्या भएपछि डन्टारस्थित स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको थियो । हरिशरणकी श्रीमतीसहित अन्य छोराछोरीको अवस्था सामान्य भएता पनि साढे २ वर्षीय छोरा प्रेमबहादुरको अवस्था भने गम्भीर भएपछि उपचारको लागि भरतपुर पठाइएको गाउँपालिका अध्यक्ष मल्लले बताए ।
विषालु च्याउ खाएर राक्सिराङ गाउँपालिका–७ बेशीटोलका ५२ वर्षीया कान्छीमाया प्रजाको मृत्यु भएको थियो । चतुरमान प्रजा र उनकी नातिनी १२ वर्षीया सञ्जिता प्रजा बिरामी भएका थिए । चतुरमानको अवस्था सामान्य भएता पनि सञ्जिताको भने भरतपुरमै उपचार भइरहेको गाउँपालिका अध्यक्ष मल्लले बताए ।
राक्सिराङमा च्याउ खाएर बर्सेनि धेरैले ज्यान गुमाउने गरेका छन् ।गत वर्ष पनि विषाक्त च्याउ खाएर २ जना स्थानीयले ज्यान गुमाएका थिए।विशालु च्याउ खाएर मृत्यु हुनुको पछाडि अनिकालको समस्या प्रमुख रहेको गाउँपालिका अध्यक्ष मल्ल बताउँछन् ।‘गाउँमा वर्षभरलाई पुग्ने अन्न उत्पादन हुँदैन । जेठदेखि करिब ३ महिना त धेरैको घरमा अनिकाल लाग्छ । यहि बेला जंगलमा गिट्ठा भ्याकुर खोज्न जाँदा च्याउ पट्याउ सबै ल्याएर खाँदा स्थानीयको मृत्यु हुने गरेको छ ।’ गाउँपालिका अध्यक्ष मल्लले भने–‘विशालु च्याउ खाएर मर्ने समस्या हाम्रो लागि ठूलो चुनौती भएको छ । गाउँबासीलाई जंगली च्याउन नखान विभिन्न माध्यमबाट सूचना पनि जारी गरेका छांै । तै पनि सचेतना पुगेको छैन ।’
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















