Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट दुई मन्त्री, शुक्रवार शपथ लिने

Karnali_CM_office-1622724874.jpg

२० जेठ, हेटौंडा । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेस कर्णाली प्रदेशमा दुई मन्त्रालय लिएर सरकारमा जाने पक्का भएको हो । 
कांग्रेसले गत ३ वैशाखमा मुख्यमन्त्री पदमा महेन्द्रबहादुर शाहीलाई सघाएको थियो । कांग्रेसले विश्वासको मत दिएपछि उनी मुख्यमन्त्री बनेका थिए । 
कांग्रेस कर्णाली स्रोतका अनुसार सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालयसहित कांग्रेस सरकारमा जाने भएको हो । कर्णालीमा कांग्रेसबाट यज्ञबहादुर बिसी र दिनवन्धु श्रेष्ठ मन्त्री बन्ने भएका हुन् । 
उनीहरू दुई मध्ये बिसीले सामाजिक विकास र श्रेष्ठले ऊर्जा मन्त्रालय सम्हाल्ने सहमति बनिसकेको छ । कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले को को मन्त्री बन्नेबारे भने छलफल भइरहेको बताए । 
कांग्रेसले तोकेका व्यक्तिलाई आजै मन्त्री नियुक्त गरिने तयारी भइरहेको छ । तर शपथ भने भोलि (शुक्रवार) हुने बताइएको छ । प्रदेश सरकारमा हाल सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय खाली छ । 
एमालेले समर्थन फिर्ता लिएपछि ३ वैशाखमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए । विश्वासको मत लिँदा काँग्रेस र एमालेको नेपाल समूहका चार जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार