२२ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरापालिका वडा नम्बर ४ मा निर्माणाधीन मोहन बज्राचार्य शहरी स्वास्थ्य चौकी भवन निर्माणमा मापदण्ड विपरीत कमसल निर्माण सामाग्री हालिएको भन्दै स्थानीयबासी र कांग्रेस ४ नम्बर समितिले ध्यानाकर्षण भएको बताएका छन् ।
स्वास्थ्यचौकी भवन निर्माणमा मापदण्डविपरीत कमसल निर्माण सामाग्री प्रयोग गरेको गुनासो आएको भन्दै नेपाली कांग्रेस हेटौंडा–४ नम्बर वडा समितिले समेत ध्यानाकर्षण जनाएको छ ।
वडा सभापति हरिप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै गुनासो आएपछि अनुगमनमा जाँदा निर्माणस्थलमा परियोजना कार्य विवरणसमेत नभएको बताएका छन् । रातमा काम हुने गरेको प्रति पनि आपत्ति जनाइएको छ ।
निर्माण कार्य मापदण्डअनुसार गर्न र गुणस्तरीय सामाग्रीको प्रयोग गर्न कांग्रेसले ध्यानाकर्षण गराएको छ । अन्यथा कानुनी प्रक्रियामा जानेसमेत चेतावनी दिएको छ । यसबारेमा बुझ्न वडाध्यक्ष नविन सिग्देललाई सम्पर्क गर्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन ।यता शुक्रबार राति स्वास्थ्यचौकी भवन निर्माणको काम भइरहेको जानकारी पाएपछि स्थानीय सुनिल गिरीसहितका युवाहरु निर्माणस्थलमा पुगी निरीक्षण गरेका थिए । उनीहरुले समेत निर्माण समाग्री कमसल प्रयोग भएको पाईएको बताए ।
उनले भने– ‘निर्माणको काम रातमा किन गरियो, पहिलो आशंका यहिँ छ, हामी गएर हेर्दा दुइ गाढा गिट्टी र २ गाढा बालुवामा एक बोरा मात्रै सिमेन्ट घोलेर हालिरहेको पाइयो, निर्माणको मापदण्डबारे जानकारहरुसँग बुझदा दुइ÷दुई गाढा बालुवा र गिट्टी राखेपछि एक गाढा सिमेन्ट हाल्नुपर्ने भन्ने थाहा पाइयो । यो लापरबाही हो ।’ रातको समयमा भइरहेको निर्माणस्थलमा प्राविधिकसमेत नरहेको गिरीले बताए ।
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...







-1794097986.jpg)










