Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सरकार कुकर्म गर्न उधतः विपक्षी पाँच दल

safal_hola_ta_Vx5jy8QzR6-1622939830.jpg

२३ जेठ, हेटौंडा । सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको विपक्षी पाँच दलले आरोप लगाएका छन् । शनिबार साँझ संयुक्त वक्तव्य सार्वजनिक गर्दै यस्तो आरोप लगाएका हुन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको आरोप लगाएको हो ।
बजेटमार्फत सरकारले ढुंगा, बालुवा र गिटीको निकासी गर्न चुरे क्षेत्र लगायतको उत्खनन् गर्न दिने घोषणाले तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरूलाई बाढी, डुवान र पानीको स्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई जोखिमयुक्त बनाएर राष्ट्रघाती र जनघाती घोषणा गरेको विपक्षी गठबन्धनको आरोप छ ।
बजेट घाटा पूर्ति गर्ने भ्रम छर्दै सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म भएको निष्कर्ष निकाल्दै विपक्षी गठबन्धनले सत्ता टिकाउनका लागि राष्ट्रिय स्रोतलाई निहित स्वार्थ साधनका लागि दुरुपयोग गर्ने राष्ट्रहित विरोधी निर्णय भएकाले तत्काल खारेज गर्न माग गरेका छन् ।
यस्तै, विपक्षी गठबन्धनले बजेटमार्फत आयोडिनयुक्त नूनको आयातमा कसैलाई फाइदा पुर्याउने तथा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशानयबाट निर्णय भएको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन माग गरेको छ । 
त्यसैगरी उनीहरूले कोभिड–१९ रोकथाम तथा नियन्त्रणम लाग्नुपने सरकार पटक–पटक कमिसन र भ्रष्टाचारमा लागेको आरोप लगाउँदै निषेधाज्ञाका कारण दैनिक रोजीरोटी गुमाएका गरीब, असहाय र श्रमजीवी जनताका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न पनि माग गरेका छन् ।
वक्क्तव्यमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्याक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।
 

Press-Release-5-Parties-1622939832.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार