Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राष्ट्रपतिबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी

bidya_bhandari-1622983583.jpg

२३ जेठ, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आइतवार (आज) त्यो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
अध्यादेशमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा हातपात गरेमा या आघात पु¥याएमा दुई लाख रुपैयाँसम्म जरिबाना वा चार वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ । यस्तै स्वास्थ्यकर्मीलाई धम्की दिएमा वा मानसिक तनाव र अपमानजनक व्यवहार गरेमा ५० हजार रुपैयाँ जरिबाना र एक वर्ष कैदको व्यवस्था छ । 
यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड र घेराउ गरेमा दुई लाख रुपैयाँ जरिबाना र चार वर्ष कैद सजाय र बिरामीको उपचार गर्ने कार्यमा अवरोध गरेमा २० हजार रुपैयाँ जरिबाना र तीन महिनासम्म कैद वा दुवै सजाय दिइने अध्यादेशमा उल्लेख छ । 
कोरोना महामारीको समयमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि आक्रमण र धम्कीका घटना बढेपछि सरकारले पीडकलाई कडा कारबाहीका प्रावधान समेटेर राष्ट्रपति भण्डारीसमक्ष अध्यादेश पेस गरेको थियो । 
 

Adhyadesh-1489x2048-1622983583.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार