भीमसेन पौडेल
२८ जेठ,हेटौडा । समुदायमा फैलिएको कोरोना भाईरसलाई नियन्त्रण गर्न हेटौंडा-६ र १७ मा गठित कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदलले मकवानपुरगढी–३ मा रहेको आईसोलेसन वार्डलाई शुक्रवार स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।कार्यदलले आईसोलेसन वार्डलाई २५ कार्टुन पानी,३ वटा छाता,२ सेट पिपिइ,मास्क २ पाकेट, सेनेटाईजर ९ वटा र फेसशिल्ड ८ वटा सहयोग गरेको कार्यदलका सहसंयोजक भरत सापकोटाले बताए।
उक्त सामाग्रीहरु कार्यदलका राहत तथा आर्थिक उपसमितिका संयोजक नवराज न्यौपानेले आईसोलेसन वार्ड ईन्चार्ज सन्देश घिमिरेलाई हस्तान्तरण गरेका थिए। कार्यदलले आईसोलेसनमा बसेका ६ जना संक्रमितहरुलाई पौष्टिक आहार समेत वितरण गरेको छ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कार्यदलका राहत तथा आर्थिक उपसमितिका सहसंयोजक देवराज गौतम, कार्यदलका सदस्य पवन दुलाल, सुन्दरराज आचार्य, उत्तम ढकाल, भीमसेन पौडेल लगायतको सहभागिता थियो ।
यसैगरी कार्यदलले हेटौडा–६ मा रहेका संक्रमितहरुलाई घरघरमा पुगी स्वास्थ्य सल्लाह र स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।वडाको पुतलीबजार, हात्तीलेट र रामनगरमा पुगी संक्रमितहरुलाई च्यवनप्राश, मास्क, सेनेटाईजर प्रदान गरिएको कार्यदलका राहत तथा राहत उपसमितिका सहसंयोजक देवराज गौतमले बताएका छन्।
१ माघ, हेटौंडा । गैँडाको आक्रमणबाट चितवनको माडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-३ का ५६...
१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...
१ माघ, हेटौंडा। मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्लाका बकैया...
१ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो...
१ माघ, हेटौंडा। यस वर्षको एसईई परीक्षा चैत ७ गतेबाट हुने भएको छ। शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा...
१ माघ, हेटौंडा । माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी...
१ माघ, हेटौंडा । नेपाल प्रहरीका २५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न...
१ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
२९ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारणसभा सम्पन्न भएको छ...
२० पुस, हेटौंडा। हेटौंडा १२ र १३ को सिमानामा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार शनिबार...
२७ पुस, हेटौंडा। शनिबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ मा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका...
२३ पुस, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा केही समय अघि भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ६...
१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...
२७ पुस, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनाको...
२७ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कार्पियो र कार ठक्कर खादा ८ जना घाईते भएका छन। पूर्व पश्चिम राजमार्ग...
१९ पुस, हेटौंडा । हेटौंडा-२ मकवानपुर बहुमुखी क्याम्पस अगाडि शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा २ जना...
१८ पुस, हेटौंडा । हेटौंडा धरान-चतरा सडक अन्तरगत हेटौंडा-६ हात्तिलेटमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका...
१८ पुस, हेटौंडा । अन्तर-पुस्ता महिलावादी मञ्चको अनुपम अभियान अन्तरगत बिहीबार हेटौंडा-६ चुच्चेखोलामा सचेतना...