२९ जेठ, हेटौंडा। मकवानपुर गढी गाउँपालिकामा हुन नदी उत्खनन तोकिएको भन्दा बढी रहेको जनाइएको छ। शनिबार नेपाली कांग्रेस मकवानपुर गढी गाउँपालिकाले गाउँपालिकाको वडा नम्बर-२ बासपानीमा आयोजित पत्रकार सम्मेलनमा मकवानपुरगढीमा नदी उत्खनन तोकिएको भन्दा बढी रहेको र गाउँपालिकाका कर्मचारी र निर्देशन अनि अनुगमन गर्ने जनप्रतिनिधिको मिलेमतोमा राजश्व व्यक्तिको गोजीमा पुराइएको आरोप लगाएको छ।
गत चैत्र १६ गते देखी ३१ गते सम्म सामरी खोलाको विभिन्न स्थानबाट उत्खनन् गरिएको नदीजन्य पदार्थ जिल्ला दैविक प्रकोप उद्दार समितिबाट प्राप्त अनुमति जम्मा एक लाख २५ हजार २ सय घनमिटर उत्खनन् गर्ने भनिएता पनि गाउँपालिकाले कर्मचारी र जनप्रतिनिधिको सेटिङमा एक लाख ३५ हजार घनमिटर उत्खनन् भएको पाइएको नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका सभापति राजवीर मोक्तानले बताए।
नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले सत्यतथ्य जानकारी गराउन गाउँपालिका अध्यक्ष विदुर हुमागाईलाई पत्र हस्तान्तरण पश्चात सामरी खोलाको विभिन्न ११ स्थानबाट एक लाख ३५ हजार १३ घनमिटर उत्खनन् गरिएको भनी जानकारी पत्र दिएको तर ११ वटै स्थानका परिमाण अनुमानित दुई लाख घन मिटर जति देखिन्छ जुन आर्थिक अनियमितता गर्ने उद्देश्यले गुपचुप गर्ने प्रयास गरिएको मोक्तानले बताए ।
'उत्खनन् गरेर राखिएको नदीजन्य पदार्थ पुन नापजाँच हुनुपर्छ भनेर माग राख्दा जिल्ला समन्वय समितिको प्राविधिक टोलीले बाँसपानी नजिक झोलुङ्गे पुल मुनी संकलन गरिएको परिणाम नाप गर्दा १० हजार ३०० घनमिटिर भएको तर गाउँपालिकाबाट खटिएका कर्मचारी र इन्जिनियर सहितका टोलीले उक्त परिणामको नाप ५ हजार ७ सय १२ भनी गलत विवरण राखेको छ- मोक्तानले भने ।
यता नेपाली कांग्रेस संघीय प्रतिनिधि सभा क्षेत्र २ का सभापति यतिराज सापकोटाले गाउँपालिकामा कांग्रेसबाट निर्वाचित सबै जनप्रतिनिधि यस कार्यको विरुद्धमा उभिएको बताउदैं सही विवरण नआए गाउँ पालिकाको कार्यालयमा ताला लगाउने बताए ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस जिल्ला सदस्य अर्जुन प्रसाद दाहाल, गाउँपालिका सचिव रामशरण धिताल, तरुण दल अध्यक्ष सानोकान्छा थिङ लगायत वडा सभापतिहरुको उपस्थिती रहेको थियो ।
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...







-1794097986.jpg)










