Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश पत्रकार महासंघसंग सहकार्य गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता

Screenshot_20210614-12114-1623653631.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रदेश महासंघ कार्यालय हेटौंडामा सोमबार भएको अन्तरक्रियामा मन्त्री पाण्डेले बागमती प्रदेश सरकार प्रदेश समितिसँग सहकार्य गरेर अघि बढ्ने बताएका हुन् । उनले आगामी आर्थिक बर्षको बजेटमा प्रदेश महासंघ र संचार क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि बजेट विनियोजन गर्ने बताए । 
उनले संचार क्षेत्रले गर्ने आलोचनाले सरकारका कामलाई सुधार्ने मौका दिने भएकाले आफुले यसलाई सकारात्मक रूपमा लिने बताए । उनले पक्ष वा प्रतिपक्षमा समाचार लेखेको आधारमा कुनै पनि विभेद नहुने बताए । संचारकर्मीहरूलाई लोककल्याणकारी विज्ञापन, फेलोसिप, अध्ययन भ्रमण लगायतका क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत रहेको उनको भनाइ छ । उनले संचारमाध्यमलाई उद्योगको मान्यता दिई अन्य उद्योगले पाउने सुविधा उपभोग गर्ने व्यवस्था मिलाउने बताए । 
मन्त्री पाण्डेले एक सय वाटका रेडियोलाई पनि प्रदेशमै समेट्ने र सुविधा उपलब्ध गराउन दायरा फराकिलो बनाउन चाहेको बताए । उनले सबै खाले संचारमाध्यमलाई समेट्ने बताउँदै अनलाइन पत्रकारितालाई सहयोग गर्ने कामलाई अघि बढाउने प्रतिबद्धता जनाए । प्रदेश सरकारले संचारग्रामको अवधारणालाई अघि बढाउने र संचारसंग सम्बन्धित सबै निकाय एकै स्थानमा रहने व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सरकारले ल्याएको प्रेसमा बाह्य काम नगर्ने गरि काम गर्ने बताउँदै उनले यसले सरकारी कागजातको गोपनीयता कायम हुने बताए । प्रदेश सरकारले मिडिया सेन्टर संचालन गर्दा रेडियो नेपाल र गोरखापत्र भन्दा फरक ढंगले संचालन गर्ने बताए ।
महासंघ प्रदेश अध्यक्ष शिव देवकोटाले प्रदेश सरकारसंग सहकार्य गर्न तयार गरेको भन्दै लोककल्याणकारी बिज्ञापन, संचारग्राम स्थापना, संचारमाध्यमको प्रवर्द्धन जस्ता काम प्रदेश सरकारबाट हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा प्रदेश महासंघका संस्थापक अध्यक्ष प्रताप विष्टले प्रदेश सरकारले महासंघलाई कार्यालय संचालनका लागि भवन उपलब्ध गराएकोमा आभार व्यक्त गर्दै निरन्तर सहकार्यका लागि आग्रह गरेका थिए ।
कार्यक्रममा महासंघ प्रदेश उपाध्यक्ष रूपेश दुलाल र सम्झना कार्की,महासचिव कृष्ण सारू मगर, सचिव युवराज पुरी, सदस्य सुदिप शिवाकोटी, मकवानपुर अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष ध्रुव अधिकारी, सहसचिव एमपि शर्मा, मानवी बानियाँ, प्रेस सेन्टर जिल्ला अध्यक्ष अञ्जली थापा लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार