✍️देवकी गौतम
२००३ साल माघ १२ र १३ गते भारतको कलकत्तामा भएको प्रथम अधिबेशनले आदरणीय नेता बिपी कोईरालालाई कार्यकारी सभापती र टंक प्रसाद आचार्यलाई मानार्थ सभापती चयन गरी अगाडी बढेको नेपाली कांग्रेस आज उमेरको हिसाबले हेर्ने हो भने आफुलाई अत्यन्तै परिपक्क, उत्तरदायी र जिम्मेवार राजनैतिक दलको रुपमा प्रस्तुत गर्दै यात्राको सात दशकलाई छिचोल्दै आठौं दशक पाईला लम्काई रहेको छ ।
एउटा घर तब ब्यबस्थित घर मानिन्छ, जव त्यो घरको भान्सामा पाकेका परिकार ब्यवस्थित तरिकाले घरमुलीले परिवारका सदस्यलाई पस्कन्छन वा बितरण गर्छन । राज्यको ढुकुटी बढाउन सधैं अग्रसर रहने कांग्रेस व्यवस्थित बितरणमा चुकेको कारण अपजस खेप्दै आईरहनु परेको कुरा जगजाहेर छ । यो बिचमा इतिहासमा गरिएका केही छिटपुट गल्तीबाहेक हरेक परिवर्तन र क्रान्तिमा अग्रणी भुमिका निर्बाह गर्दै नेपालको जेठो पार्टी कांग्रेस आफुभित्रको परिपक्कता लाई जनता माझ पस्कने क्रममा केही अलमलमा परेको हो की भन्ने भान आजकल स्वदेश तथा बिदेशमा रहने आम नेपालीमा मात्रै हैन पार्टीको प्राण पखेरु मानिने उसका आफ्नै कार्यकर्ता तहमा पनी एक चरणको गांईगुई चल्न थालेको छ ।
लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपालमा अहिले कम्युनिष्टको सरकार छ । झण्डै २ तिहाई नजिक पुगेको कम्युनिष्ट सरकारका केपि शर्मा ओली नेतृत्वले गरेका ईतिहासका अक्षम्य गल्ती, अराष्ट्रिय र अलोकतान्त्रिक कदमहरु, देशमा ब्याप्त चरम भ्रष्टाचार, कालोबजारी, हत्या, हिंसा, बलात्कार जस्ता घटनाहरू देशमा बढिरहदा हरेक दृष्टिकोणबाट हरेक क्षेत्र र भुमिकाका मानिसहरुले आ-आफ्ना तर्क प्रस्तुत गरिरहँदा चोक, चौतारो, चिया पसलहरुमा औंलो ठड्याएर आम मानिसहरु फेरी पनि नेपाली कांग्रेसतिरै फर्किएर खवरदारी गर्दै गाली गरिरहेको भेटिन्छन्, यसको कारण खोतल्नु जरुरी छ ।
तर भएका भातृ संगठनको पंखेटा काटेर आफ्नो हातमा लिएर सम्पुर्ण भातृ संघलाई कोमामा पुर्याएर बसेको केन्द्रीय नेतृत्वले अधिबेशन हुन्छ है साथिहरु भनेर गरिएका बक्तव्यबाजीप्रति आम कार्यकर्ता र सचेत बुद्धिजीवी बर्ग बिश्वस्त हुन सकिरहेको छैन ।
स्वभावतः मानिसलाई जो प्रती बढी अपेक्षा हुन्छ, उसैलाई बढी गाली गर्छ । यो शास्वत सत्य कुरा हो । बिगतमा कांग्रेसको नेतृत्वले गरेका केही गम्भिर र अदुरदर्शी निर्णयका कारण बिश्व ईतिहासबाट लोप हुँदै गएको कम्युनिष्टहरु सत्तामा पुग्न सफल भए । तर अपार बहुमत ल्याएर सरकार गठन गरे पनी उनिहरुबाट सकारात्मक परिवर्तनको अपेक्षा नराखेका जनताले फेरी पनि कांग्रेसलाई जिम्मेवार प्रतिपक्षको रुपमा प्रस्तुत होस् भन्ने चाहना राख्नु र जनचाहना अनुरुप प्रस्तुत हुन नसकेको भनेर आम सर्बसाधारणको चासो र चिन्ताको रुपमा गरिएको 'क्रिटिसिजम'लाई राजनीतिमा सकारात्मक रुपले हेर्नु पर्ने देखिन्छ ।
दुनियाँलाई लोकतन्त्रको दुहाई दिने कांग्रेस यतिखेर आफैं अलोकतान्त्रिक पद्धतिमा चलिरहेछ । पार्टिको बिधानलाई टेकेर प्रतिबद्धता जाहेर गर्दै औपचारिक रुपमा ४ बर्षे कार्यकालको पदभार ग्रहण गरिरहँदा वडा, क्षेत्र, नगर, जिल्ला हुँदै केन्द्रसम्मका सबै तहका नेतृत्व वर्गलाई आफ्नो कार्यकाल ४ बर्ष भएको स्पष्ट थाहा थियो । तापनि केन्द्रीय नेतृत्वको अधिवेशनप्रतिको दृढ ईच्छा शक्ति नहुँदा ४ बर्षे कार्यकाल पुरा गरी बिशेष परिस्थितिमा थप्न पाउने १ बर्षको अबधी पनि पार गरी हाल नेपालको संबिधानले दिएको ६ महिना समय सिमाको अन्तिम दिन २०७८ भाद्र १९ गतेको सिमालाई आधार मानेर आफ्नो अधिबेशनको मिति अघोषित रुपमा तय गरेको छ । पार्टी चल्ने र चलाउने संबिधानले हैन पार्टिको आफ्नो आन्तरिक बिधि र बिधानले हो भन्ने हेक्का हुँदाहुँदै, पटक-पटक तिथि मिति फेरिएर गर्ने भनिएको अधिबेशन हुन्छ की हुँदैन भन्ने अन्योल आम कार्यकर्ताबिचमा ब्याप्त छ । नियमित अधिबेशन नै पार्टीको प्राण र जिवन्त प्रक्रिया हो । तर भएका भातृ संगठनको पंखेटा काटेर आफ्नो हातमा लिएर सम्पुर्ण भातृ संघलाई कोमामा पुर्याएर बसेको केन्द्रीय नेतृत्वले अधिबेशन हुन्छ है साथिहरु भनेर गरिएका बक्तव्यबाजीप्रति आम कार्यकर्ता र सचेत बुद्धिजीवी बर्ग बिश्वस्त हुन सकिरहेको छैन ।
यस्तोमा आगामी असार ३ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठकतर्फ स्वदेश र बिदेशका पार्टीभित्र र बाहिरका मानिसको ध्यान केन्द्रित भएको छ । समय छउन्जेल निदाएको केन्द्रीय समितिको ध्यान अझै पनि पुरानै परम्परातिर लैजानु र स-साना कुरातिर अल्झिनु भन्दा भएका क्रियाशिलका केही बिबादलाई तदारुकताका साथ अन्त्य गर्दै सबै नेताहरु जिम्मेवार भई महाधिबेशनलाई सम्पन्न गर्न छाती चौडा पार्नु पर्ने बेला आएको छ । मैदान रहे गोल हान्ने हो तर गोल हान्ने दाऊमा मैदानको बिनास नहोस् भन्ने तर्फ बेलैमा सचेत हुन ढिला भैसकेको महशुस आम कार्यकर्ताले गरिरहेका छन् ।
कोभिडको महामारीको बिचमा हुने अधिबेशनमा आफ्नो कार्यकर्ताको जिउधनको सुरक्षातर्फ सचेत हुनु पनि केन्द्रिय समितिको कर्तब्य हुन जान्छ । जसका लागि २१ औं शताब्दीले दिएको प्रबिधिको उच्चतम उपयोग गरी वडादेखी केन्द्रसम्म सबै तहको निर्वाचन निष्पक्ष, पारदर्शी गराउन जरुरी छ । त्यसका लागि ढिलो नगरी ७७ वटै जिल्लामा भएका दक्ष जनशक्ति प्रयोग गरी बिज्ञहरुको टोलि गठन गरी सबै तहमा प्रबिधि मैत्री निर्वाचनतर्फ घाम नडुब्दै ध्यान जाओस भन्ने कुरा केन्द्रले गरेको हरेक सही र गलत निर्णयको सबैभन्दा पहिलो प्रत्यक्ष असर ब्यहोर्ने र पार्टीलाई जिउँदो राख्न सधैं निस्वार्थ लागी पर्ने हामी र हामी जस्ता भुईतहको लाखौं कार्यकर्ताको तर्फबाट बिनम्रतापुर्वक अनुरोध गर्दछु /गर्दछौं ।
वडादेखि केन्द्रसम्म सबै तहको नेतृत्व गर्न ७३२३ जना सभापति र तिनको कार्यसमितिको निर्वाचन हुँदैछ । सबै तहको नेतृत्वमा आउने चाहना राख्नु हुने देशैभरीका तमाम साथीहरु जसमा एकतिहाई महिला सहभागिता अनिबार्य छ । तमाम साथीहरुलाई सकारात्मक परिवर्तन ल्याउने अठोटका साथ देश र पार्टीलाई रक्तसंचार गराउन अगाडि आउनका लागि अग्रिम शुभकामना ब्यक्त गर्दछु । जयनेपाल ????????
(लेखक नेपाल कांग्रेस चितवनकी जिल्ला सदस्य हुन्)
२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...
२२ साउन , हेटौंडा । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले...
२२ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा...
२२ साउन, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशभित्रका हेमोफिलियाका विरामीहरुका लागि...
२२ साउन,हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौर स्थित क्विक ट्वान्टी होटलमा करेन्ट लागेर...
२२ साउन, हेटौंडा । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकेपछि मकवानपुरमा पनि...
२२ साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु...
२२ साउन, काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ताको काम शुरु...
२२ साउन, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५...
१४ साउन,हेटौडा । हेटौंडामा चोरी गर्दै गरेका अवस्थामा एक युवती सहित ४ जना पक्राउ परेका छन्। शनिबार बिहान ...
२० साउन, हेटौंडा । सामान्य अर्थमा सरकारी नम्बर प्लेट अङ्कित सवारी कार्यालय समयमा र कार्यालयको काम कामजको रुपमा...
१५ साउन,हेटौंडा। हेटौडामा भर्खरै भुकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान करिब ८ बजेर १५ मिनेटको समयमा...
२१ साउन,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको "सफा हेटौंडा अभियान" अन्तर्गत आज शनिबार हेटौंडा वडा नम्बर-७...
१६ साउन,हेटौंडा। वडा प्रहरीले हेटौंडा-४ चिल्ड्रेनपार्कबाट २ युवती सहित ४ जनालाई लागुऔषध कोरेक्स सहित...
१६ साउन,हेटौंडा। आइतबार देखिको अविरल बर्षा कारण मकवानपुरका खोला तथा खहरेहरुमा पानीको सतह र बहाव बढेको छ। खोला...
१० साउन, काठमाडौं । नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल...
२१ साउन,हेटौंडा। हेटौंडा अस्पताल यति बेला अशान्त बनेको छ। हेटौंडा-९ का एकजना बालकको मृत्युको प्रकरणलाई लिएर...
१३ साउन,हेटौंडा । मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक बामदेव गौतमले जिल्लाको शान्ति...