Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मापदण्ड विपरित कामको बिषयमा बुझ्न खोज्दा युवा संघले अवरोध गरेको तरुण दलको आरोप

198247099_494976338487172-1623978995.jpg

४ असार, हेटौंडा । हेटौंडा–४ मा निर्माणाधीन मोहन बज्राचार्य शहरी स्वास्थ्य चौकी भवन निर्माणमा मापदण्ड विपरीत कमसल सामाग्री प्रयोग गरिएको सम्बन्धमा बुझ्न गएको नेपाल तरुण दलको टोलीमाथी युवा संघका केहि सदस्यहरुले अवरोध गरेका छन् ।
शहरी स्वास्थ्य चौकी भवन निर्माणमा मापदण्ड विपरीत कमसल सामाग्री प्रयोग गरेको भन्ने सर्वसाधरणको गुनासोको बिषयमा चासो राख्दा युवा संघका केहि सदस्यहरुले अवरोध गरेको तरुण दल ४ नम्बर वडा समितिका अध्यक्ष विक्रम लामाले जानकारी दिए ।
भवन निर्माणमा कमसल सामाग्री प्रयोग गरेको भन्ने विषयमा वास्तविकता बुझ्न खोज्दा युवा संघका सदस्यहरुले निरीक्षणका लागी भवन निर्माणस्थल पुगेका तरुण दलका सदस्यहरुमाथी हातपातको प्रयास गरेको अध्यक्ष लामाले बताए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने काम एकपक्षीय ढंगले भएको प्रति आपत्ति जनाउँदै अध्यक्ष लामाले भवन निर्माणका क्रममा कमसल सामाग्री प्रयोग भएको भन्दै विरोध जनाए ।
अध्यक्ष लामाले भने– हामी गएर हेर्दा दुइ गाढा गिट्टी र २ गाढा बालुवामा एक बोरा मात्रै सिमेन्ट घोलेर हालिरहेको पाइयो, निर्माणको मापदण्डबारे जानकारहरुसँग बुझदा दुइ÷दुई गाढा बालुवा र गिट्टी राखेपछि एक गाढा सिमेन्ट हाल्नुपर्ने भन्ने थाहा पाइयो । यो लापरबाही हो ।’ 
रातको समयमा काम भइरहेको र निर्माणस्थलमा प्राविधिकसमेत नरहेको भन्दै अध्यक्ष लामाले राजनितिक रुपमा ठाडो आदेशमा काम भएको दावी गरे । यता, बुधबार साँझ भएको घटना प्रति नेपाल तरुण दल मकवानपुर अध्यक्ष इश्वर पाठकले सुरक्षा निकाय र निर्माणको विषयमा अख्तियारमा निवेदन दिएको बताएका छन् ।
स्वास्थ्यचौकी भवन निर्माणमा मापदण्ड विपरीत कमसल निर्माण सामाग्री प्रयोग गरेको गुनासो आएपछि आफुहरुले यसअघि पनि ध्यानाकर्षण गराईसकेको नेपाली कांग्रेस हेटौंडा–४ नम्बर वडा समितिका सभापति हरिप्रसाद पौडेलले बताए । 
 

197818777_470373383297526-1623978997.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार