Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसले गर्यो बागमती प्रदेशको बजेट समीक्षा, जनताको नभई नेताको बजेट

Screenshot_20210619-21052-1624117388.jpg

५ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले बागमती प्रदेशको आव ०७८/०७९ को बजेटबारे समीक्षा गरेको छ ।
समिक्षामा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको बजेटले जनताको अपेक्षा पूरा नगरेको भन्दै मन्त्री र सत्तापक्षका केही नेताको मनको मात्रै चाहना पूरा गर्ने बताए । उनले कोरोना संक्रमणको जोखिम न्यूनीकरण, उपचार, पूर्वाधार विकास र राहतमा स्पष्ट कार्यक्रम दिन नसकेको बताए । उनले बजेटमा समाजवाद उन्मुख लेखिएपनि जनताको हितमा नभएको दिशाहिन दस्तावेज बनेको बताए ।
कार्यक्रममा सांसदहरूले समानुपातिक र न्यायोचित ढंगले बजेट नआएको बताउँदै सत्तापक्षीय केही नेता र आसेपासे कार्यकर्ता पोस्ने खालको बजेट रहेकोमा आपत्ति जनाए ।
कार्यक्रममा सरकार आफैंले संचारगृह चलाउने जस्तो गैरलोकतान्त्रिक कार्यक्रम ल्याउनुले स्वतन्त्र संचारक्षेत्रलाई धरासायी बनाउँदै आफ्नो गुनगान गाउने सरकार नियन्त्रित संचारगृह स्थापनाको अभिष्ट प्रष्ट भएको छलफल भएको थियो । सरकार विकास र जनतालाई राहत दिने कुराबाट बरालिएको सांसदहरूको भनाइ थियो ।
कार्यक्रममा सिन्धुपाल्चोकको मेलम्चीसहित प्रदेशका विभिन्न जिल्लामा पछिल्ला केही दिनमा भएका विपदका घटनाबारे छलफल गर्दै राहत र उद्धारको काममा जुट्न प्रदेशका नेपाली कांग्रेसका सबै नेता कार्यकर्तालाई आव्हान गरिएको छ । आवश्यकताका आधारमा प्रदेश संसदीय दलको सहयोग गर्ने समेत छलफद भएको छ । 
समिक्षा एवं अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण विभागका सदस्य राजु नेपालले सहजिकरण गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार