१० असार, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७८/०७९ को बजेट ६२ करोड ८३ लाख ७८ हजार रुपैंयाको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिका अध्यक्ष दामोदर खनालको सभाध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष सरला बोलखेले ६२ करोड ८३ लाख ७८ हजार रुपैंयाको बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमध्ये नेपाल सरकारबाट प्राप्त समानिकरण अनुदान तथा राजस्व बाँडफाँड, बागमती प्रदेश सरकारबाट प्राप्त समानिकरण अनुदान तथा राजस्व बाँडफाँड, आन्तरिक आय र चालु आर्थिक बर्षको मौज्दात समेत गरी ३३ करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपैंया मध्ये संचालन खर्चतर्फ ७ करोड र विकास बजेटतर्फ २६ करोड ७७ लाख ९९ हजार ७ सय १९ रुपैंया विनियोजन गरिएको छ ।
नेपाल सरकारबाट सशर्त अनुदानतर्फ प्राप्त २७ करोड ३८ लाख तथा बागमती प्रदेश सरकारबाट सशर्त अनुदानतर्फ प्राप्त १ करोड ६७ लाख ७९ हजार गरी २९ करोड ५ लाख ७९ हजार रकमलाई सम्बन्धित तहबाट खर्च गरिने जनाईएको छ । त्यस्तै बागमती प्रदेशसरकारबाट प्राप्त २ करोड ९७ लाख ६४ हजार समपुरक अनुदानलाई प्रदेश सरकारसंगको सहकार्यमा योजना संचालन गरिने जनाईएको छ ।
प्रदेशबाट प्राप्त वित्तीय समानिकरण तथा राजस्व बाँडफाँड बार्षिक अनुमानित राजस्व आय र गतबर्षको मौज्दात गरी करिब २१ प्रतिशत हुन आउँछ भने विकास बजेटतर्फ ७९ प्रतिशत विनियोजन गरिएको छ । गाउँपालिकालाई वित्तीय समानिकरण अनुदानतर्फ १२ करोड ६२ लाख, सशर्त अनुदानतर्फ २७ करोड ३८ लाख, राजस्व बाँडफाँडतर्फ ११ करोड ३० लाख १२ हजार गरी ५१ करोड ३० लाख १२ हजार रुपैंया प्राप्त भएको जनाईएको छ ।
यो पनि पढ्नुस्
यस्तो छ बकैया गाउँपालिकाको प्राथमिकता
त्यस्तै, बागमती प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदानतर्फ १ करोड ६ लाख १० हजार, सशर्त अनुदानतर्फ १ करोड ६७ लाख ७९ हजार, राजस्व बाँडफाँडतर्फ ३ करोड ११ लाख ५३ हजार ७ सय १८ रुपैंया, समपुरकतर्फ २ करोड ७९ लाख ६४ हजार गरी ८ करोड ८३ लाख ६ हजार ७ सय १८ रुपैंया प्राप्त भएको जनाईएको छ । गाउँपालिकाका सभामा प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पुडासैनी, गाउँपालिकाका अध्यक्ष र गाउँपरिषद सदस्य लगायतको सहभागिता रहेको थियो ।
यस्तो छ बजेट बाँडफाँड
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















