Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

बकैया गाउँपालिका

बकैया गाउँपालिकाको ०७८/०७९ को बजेट ६२ करोड ८३ लाख

B1-1624531545.jpg

१० असार, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७८/०७९ को बजेट ६२ करोड ८३ लाख ७८ हजार रुपैंयाको बजेट प्रस्तुत गरेको छ । 
गाउँपालिका अध्यक्ष दामोदर खनालको सभाध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष सरला बोलखेले ६२ करोड ८३ लाख ७८ हजार रुपैंयाको बजेट प्रस्तुत गरेकी हुन् । 
बजेटमध्ये नेपाल सरकारबाट प्राप्त समानिकरण अनुदान तथा राजस्व बाँडफाँड, बागमती प्रदेश सरकारबाट प्राप्त समानिकरण अनुदान तथा राजस्व बाँडफाँड, आन्तरिक आय र चालु आर्थिक बर्षको मौज्दात समेत गरी ३३ करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपैंया मध्ये संचालन खर्चतर्फ ७ करोड र विकास बजेटतर्फ २६ करोड  ७७ लाख ९९ हजार ७ सय १९ रुपैंया विनियोजन गरिएको छ ।
नेपाल सरकारबाट सशर्त अनुदानतर्फ प्राप्त २७ करोड ३८ लाख तथा बागमती प्रदेश सरकारबाट सशर्त अनुदानतर्फ प्राप्त १ करोड ६७ लाख ७९ हजार गरी २९ करोड ५ लाख ७९ हजार रकमलाई सम्बन्धित तहबाट खर्च गरिने जनाईएको छ । त्यस्तै बागमती प्रदेशसरकारबाट प्राप्त २ करोड ९७ लाख ६४ हजार  समपुरक अनुदानलाई प्रदेश सरकारसंगको सहकार्यमा योजना संचालन गरिने जनाईएको छ ।
प्रदेशबाट प्राप्त वित्तीय समानिकरण तथा राजस्व बाँडफाँड बार्षिक अनुमानित राजस्व आय र गतबर्षको मौज्दात गरी करिब २१ प्रतिशत हुन आउँछ भने विकास बजेटतर्फ ७९ प्रतिशत विनियोजन गरिएको छ । गाउँपालिकालाई वित्तीय समानिकरण अनुदानतर्फ १२ करोड ६२ लाख, सशर्त अनुदानतर्फ २७ करोड ३८ लाख, राजस्व बाँडफाँडतर्फ ११ करोड ३० लाख १२ हजार गरी ५१ करोड ३० लाख १२ हजार रुपैंया प्राप्त भएको जनाईएको छ ।

यो पनि पढ्नुस्
यस्तो छ बकैया गाउँपालिकाको प्राथमिकता

त्यस्तै, बागमती प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदानतर्फ १ करोड ६ लाख १० हजार, सशर्त अनुदानतर्फ १ करोड ६७ लाख ७९ हजार, राजस्व बाँडफाँडतर्फ ३ करोड ११ लाख ५३ हजार ७ सय १८ रुपैंया, समपुरकतर्फ २ करोड ७९ लाख ६४ हजार गरी ८ करोड ८३ लाख ६ हजार ७ सय १८ रुपैंया प्राप्त भएको जनाईएको छ । गाउँपालिकाका सभामा प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पुडासैनी, गाउँपालिकाका अध्यक्ष र गाउँपरिषद सदस्य लगायतको सहभागिता रहेको थियो ।

यस्तो छ बजेट बाँडफाँड

B1-1624533626.jpg
B2-1624533628.jpg
B3-1624533628.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार