Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश सरकारले संचारगृह चलाए कांग्रेस नेतृत्वको सरकारले खारेज गर्छ: बानियाँ

20210629_121650-1624954755.jpg

१५ असार, हेटौंडा । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना एवं मकवानपुर शाखाको संयोजनमा प्रदेशको संचार नीतिबारे संवाद कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा प्रदेश सरकारले संचार क्षेत्रमा ल्याएका नीति, त्यसको सकारात्मक एवं नकारात्मक असरबारे कार्यक्रममा छलफल भएको थियो ।
बागमती प्रदेश प्रतिपक्षी दल नेपाल कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता एवं पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै नेता बानियाँले प्रदेश सरकारले ल्याउने संचारहित विपरीतका कार्यक्रमप्रति आफुहरूको विमति रहने बताए । उनले प्रदेश सरकारले स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको बताए । संचार जगतलाई बलियो र सूचनाको हकलाई प्रवर्द्धन भन्दा सरकार कानून मिच्ने कामतर्फ अघि बढेको बताए । 
उनले सरकारले संचारगृह चलाउने बजेट ल्याउन खोजेकोमा कांग्रेसले विरोध गर्ने र अंकगणितीय बलका आडमा पास गरे कांग्रेस नेतृत्वको सरकारले खारेज गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेश सरकारले कुनै पनि हालतमा संचारगृह संचालन गर्न नहुने बरू प्रदेशका श्रमजीवी पत्रकारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । सरकारले आफ्नो गलत कामको ढाकछोप गर्न संचारगृह खोल्नु लोकतन्त्र विरोधी गतिविधि भएको बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले सरकारलाई राम्रो कामका लागि सुझाव दिएको बताउँदै सरकार आफ्नै स्वार्थमा केन्द्रित भएको बताए । सरकारले संचारगृह संचालन गर्न अग्रसर हुनु भनेको मुर्खता भएको बताए । तर लोकतन्त्रमा यस्तो कामको विरूद्धमा प्रतिपक्ष दल अघि बढ्ने बताए । सरकारविरूद्ध आफुहरूले संसदमा लड्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, पत्रकार महासंघका केन्द्रीय सचिव सिर्जना अर्याल, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, संस्थापक अध्यक्ष प्रताप बिष्ट, केन्द्रीय सदस्य सुनिल खड्का र ध्रुव रावल, ब्रोडकाष्टिङ एशोसियसनका कार्यवाहक अध्यक्ष उज्ज्वल चौलागाईं, आन्तरिक मामिला मन्त्रालयका उपसचिव नारनप्रसाद पोखरेल, प्रेस रजिष्टार रेवती सापकोटा, प्रेस चौतारी मकवानपुर अध्यक्ष धर्मेन्द्र दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार