१९ असार, हेटौंडा । बागमती प्रदेशसभाको बैठक शनिबार अवरुद्ध भएको छ ।
विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ भए लगतै प्रतिपक्षी दलले संसद अवरूद्ध गरेका हुन् । सरकारले पक्षपाती ढंगले बजेट ल्याएको, बजेट पुस्तिकामा न्यायोचित वितरण नदेखिएको र प्रदेश सरकारले आफै संचारगृह चलाउने विषय फिर्ता लिनुपर्ने लगायका विषयलाई लिएर नेकपा माओवादी र नेपाली कांग्रेसले संसद अवरुद्ध गरेका हुन् ।
अवरुद्ध गर्नु अघि बोल्दै माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले स्थानीय तहमा जाने ससर्त अनुदान बजेटमा समेत पूर्वाग्रही ढंगले विनियोजन गरेको भन्दै आपत्ति जनाए । उनले ससर्त बजेट नसच्याउने भए बजेट छलफद अघि नबढ्ने बताए । उनले सुरूङमार्ग र बिद्युतीय बसबारेसमेत असन्तुष्टि व्यक्त गर्दै बजेटबाट हटाउन माग गरे । ऐन नै नभएको अवस्था र देश आर्थिक रूपमा टाट पल्टने अवस्थामा प्रदेश सरकारले आफै संचारगृह चलाउने विषय फिर्ता लिनुपर्ने उनले बताए ।
कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सिन्धुपाल्चोकलाई सरकारले झुक्याएको बताए । उनले पूर्वाग्रही ढंगले बजेट विनियोजन र कार्यान्वयन गरिरहेको बताए । सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन संघीय सरकारको इकाइको रूपमा अघि बढेको भन्दै आपति जनाए । उनले बजेट पुस्तिका नै दुई ढंगको नआउनु गलत भएको भन्दै एउटै पुुस्तक बनाएर नआएसम्म संसद अघि बढ्न नसक्ने बताए । विपदमा परेका जिल्लालाई सरकारले व्यवस्था गर्न नसक्ने भए कांग्रेसले आफ्नो सेवा सुविधा जनताको राहतमा खर्चिन तयार रहेको बताए । उनले स्वतन्त्र संचारगृह चलाउन सहयोग गर्नुभन्दा सरकार आफैले संचारगृह चलाएर नराम्रो कुरा पनि राम्रो भनेर प्रचार गर्न खोजिएकाले बजेट फिर्ता लिनुपर्नेमा जोड दिए । अन्यथा संसद अघि बढ्न नसक्ने उनको भनाइ थियो ।
बैठकमा सांसद रमेश पौड्यालले असार १ गते बजेट पेश गरेर लामो समय छलफल भएकोमा आपत्ति जनाउँदै सिन्धुपाल्चोक क्षेत्रमा यातायात सुचारू गर्नुपर्नेमा जोड दिए । उनले विधि र प्रक्रिया बिपरित समय नै नदिई बजेटका २ वटा पुस्तक छापेर अनधिकृत काम भएको बताए । संसदको अवहेलना गर्दै भएको गलत कामबारे यसको जवाफ मूख्यमन्त्रीले जवाफ दिनुपर्ने बताए । मिडिया हाउस सरकारले चलाउनु गलत हुने बताए ।
सांसद सुरेन्द्रराज गोसाईले प्राकृतिक विपदी र कोभिड-१९ को मारमा परेका जनतालाई बजेटले सम्बोधन नभएको बताए । सरकारले चलाउने मिडिया हाउस निष्पक्ष ढंगले चलाउनुपर्ने तर देशमा माफियाहरूलाई हालिमुहाली गर्ने ढंगले आउन नहुने बताए । संचारगृह र विद्युतीय बस संचालन गर्ने बारे बृहत् छलफल आवश्यक रहेको उनको भनाइ छ ।
यसलगतै सभामुख सानुकुमार श्रेष्ठले आइतबार विहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।
यसअघि, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...







-1794097986.jpg)










