Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश सरकारले संचारगृह चलाउने कार्यक्रममा खर्च कटौति प्रस्ताव दर्ता

Bagmati-Pradesh-Sava-1625383123.jpg

२० असार, हेटौंडा । बागमती प्रदेश सरकार आफैंले संचारगृह संचालन गर्न ल्याएको कार्यक्रममा बागमती प्रदेशसभामा खर्च कटौति प्रस्ताव दर्ता भएको छ । संचारगृह संचालन गर्ने कार्यक्रमको विरोधमा विभिन्न दलका सांसदहरुले खर्च कटौती प्रस्ताव दर्ता गराएका हुन् । 
अहिलेसम्म नेपाली कांग्रेसका सांसद प्रभात तामाङ, नेकपा माओवादी केन्द्रका सांसद सिता अधिकारी र विवेकशिल साझा पार्टीका सांसद रमेश पौड्यालले खर्च कटौति प्रस्ताव दर्ता गराएको जानकारी दिएका छन् । ‘सरकारले सरकार राम्रोसंग चलाउन सकेको छैन अनि मिडिया हाउस चलाउनेतिर लाग्नु गलत हो’–सांसद तामाङले भने–‘स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने मनसाय र कार्यकर्ता पाल्ने नियतले संचारगृह संचालन गर्न खोजेकाले कांग्रेसको तर्फबाट खर्च कटौतिको प्रस्ताव गरेको छु ।’ 
संसदमा उनीहरुसहित अन्य सांसदहरुले पनि प्रदेश सरकार आफ्नो कामबाट बरालिएर संचारक्षेत्रलाई अंकुश लगाउन अग्रसर भएको भन्दै विरोध गरेका थिए । यही विषयलाई समेत विरोधमा प्रतिपक्ष दलहरुले शनिबारकोप्रदेशसभा बैठक अवरुद्ध गरेका थिए । सरकारले आमसंचारगृह संचालन गर्ने निर्णयको नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, बागमती प्रदेश समितिसहित पत्रकार महासंघ जिल्ला शाखाहरुले विरोध गरेका छन् । उनीहरुले विभिन्न दल र सांसदहरुलाई यो कार्यक्रम खारेजीका लागि पहलका लागि ज्ञापनपत्र समेत बुझाएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार