Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा एमाले र माओवादी परित्याग ३५ जना कांग्रेसमा प्रवेश

IMG_20210705_130528-1625469889.jpg

२१ असार, हेटौंडा । नेकपा एमाले र माओवादी पार्टी परित्याग गरी हेटौंडा उपमहानगरपालिकाको दुई वडाका ३५ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
हेटौंडा १५ साविक चुरियामाई ६ का पूर्व वडा अध्यक्ष मन्तसिं योञ्जन र युवा व्यवसायी सञ्जयकुमार लामाको नेतृत्वमा हेटौडा १२ र १५ का एमाले र माओबादीका ३५ जना सोमबार कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले टीका लगाएर पार्टीको सदस्यता दिई नवप्रवेशीहरुलाई स्वागत गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता बानियाँले कांग्रेसमा लागेर कसैले पनि पछुताउन नपर्ने बताउँदै क्षमता, दक्षता र लगनशिलताको आधारमा पार्टीमा उचित स्थान दिईने बताए ।
कम्युनिष्टले जस्ताे झुठो आश्वासनको पुलिंदा कांग्रेसले नबाढ्ने भन्दै नेता बानियाँले नेपालमा बेरोजगारी संख्या बढिरहेकाले आफू अहिले रोजगारी बढाएर युवाहरुलाई उद्यमशिल बनाउन लागिरहेको बताए ।
कार्यक्रममा कांग्रेस जिल्ला सदस्य दोर्जे लामा स्याङतान, प्रतिनिधिसभा १ का संघिय सभापति दामोदर खनाल, प्रदेशसभा पति लोक मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नगर सदस्य गणेश ब्लोन, हेटौंडा १५ का कार्यबहाक सभापति नवराज घलान, हेटौंडा १५ का वडाअध्यक्ष महारत्न लामा, जनजाति महासंघ नगर सभापति हर्करत्न लामालगायतको उपस्थिति रहेको थियो ।

IMG_20210705_130807-1625469890.jpg
IMG_20210705_130833-1625469890.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार