Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस नेतृ डिनाद्वारा थाहा नगरलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

216029478_191534027198042-1625803717.jpg

२५ असार, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले मकवानपुरको थाहा नगरपालिकालाई १ थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी छन् । 
बुधबार एक कार्यक्रमका बिच नेतृ डिनाले थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेकी हुन् । कोरोना भाइरसको कारण अक्सिजन अभावको समस्या नपरोस् भन्ने उद्देश्यले कन्सन्ट्रेटर सहयोग गरिएको उनले बताइन् । 
नेतृ डिनाले बाडंीपहिरोको विपत्ति र कोरोना महामारीको कारण जनताले ज्यान गुमाइरहँदा सरकार सत्ताको खेलमा रुमल्लिएको आरोप लगाईन । उनले सरकारले जनताका पक्षमा केहिपनि नगर्ने भन्दै महामारीको समयमा जनता आफै सचेतता बन्नुपर्ने बताईन । 
कोभिड संक्रमितको उपचारमा अक्सिजन अत्यावश्यक भएको र नेपाली काग्रेस नेतृत्वबाट थाहा नगरपालिकालाई अक्सिजन कन्सेन्ट्रेटर सहयोग प्राप्त भएकोमा नगर प्रमुख बिष्टले धन्यवाद दिए । 
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य दिनेश उपाध्याय, बागमति प्रदेशका प्रदेशसभा सदस्य सन्त चेपाङ, कांग्रेस जिल्ला सदस्य प्रमोद गोपाली, रत्नबहादुर गोले, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ लगायतको उपस्थिती थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार