बिनोदचन्द्र कोइराला
धेरै भयो लेख्न छोडेको । लेखौं अरुको मन दुख्ने, नलेखौं आफ्नै मन दुख्ने । जे त पर्ला आफ्नो मनलाइ त दुखाउनु भएन भनी ठानी देशमा मडारिएको संकट यथावत रहेकै अबस्थामा हुन लागेको (?) नेपाली कांग्रेसको महाधिवेशनलाई मध्यनजर गर्दै मनको ढाढस पोख्न फेरि एक पटक कागज रंगाउने जमर्को गरें । यो जागर पलाउने प्रेरणा श्रोत भने चिनियाँ कम्युनिस्ट पार्टिको स्थापना दिवसमा राष्ट्रपति सि जिन फिङले ब्यक्त गरेको एक हरफ बन्न पुग्यो । चीनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एकसय बर्ष पुगेको अब्सरमा राष्ट्रपति सिले सम्बोधन गर्ने क्रममा भने–‘राज्य जनता हो र जनता नै राज्य हो ।’ अर्थात उनको भनाइको सार भनेको जनताको सर्बोपरी हित हेर्नु राज्यको कर्तव्य हो भने राज्यलाइ सर्वोपरी बनाउने जनताको दायित्व हो । छिमेकी राष्ट्र चीनको राजनीतिक प्रणाली वा मानव अधिकारका वारेमा टीका टिप्पणी गर्न सकिएला तर बितेको ४० बर्ष भित्रमा चीनले प्राप्त गर्न सकेको चमत्कारिक बिकासले बाँकी बिश्वलाई नै झक्झक्याएको छ । र चाहेमा उसबाट धेरै पाठ सिक्न पनि सकिन्छ ।
यी पंक्तिहरु कोरिरहदा मुलुकको स्वास्थमाथी फेरि पनि कालो बादल मडारिइरहेको छ । बिश्लेषक चरण प्रसाइको शब्दमा भन्ने हो भने मुलुक कुपोषणको शिकार भएको छ र सोही कारणले मरणासन्न अबस्थामा पुगेको छ । यो अबस्था आउनुमा जिम्मेवार को हो? किन यस्तो भईरहेको छ? कसरी भईरहेको छ ? यीनै बिषयहरुमा यो आलेख केन्द्रित रहने छ ।
चाणक्यको नीतिशास्त्रका निम्नबाट यो आलेखलाई अघि बढाउने बिचार गरें
एकोपि गुणवान् पुत्रो निर्गुणैश्य शतैर्वरस्
एकश्चन्द्रस्तमो हन्ती न च तारासहस्रशस्
सम्भवत माथिका पंक्तिको अर्थ अर्थ्याउनु पर्छ जस्तो लाग्दैन, कारण सामान्यत पढेका वा नपढेकाले पनि पढेर वा पुर्वजका मुखबाट पटक पटक सुनेर उल्लेखित श्लोकको अर्थ बुझी सकेकै हुनु पर्छ भन्ने पंक्तिकारको ठम्याइ छ । घरनिर्माण गर्ने र परिवारको स्वास्थ सुबिधा हेर्ने जिम्मा घर मुलिको हो । घरमुलि नै दुर्जन भै दियो भने त्यो घरको बिनास निश्चितप्रायः छ भन्ने कुरा देखे भोगेकै हो । यति लेखिरहदा कविशिरोमणि लेखनाथ पौडेलको यी पंक्तिको पनि याद आयो। ‘मै खाउ मै लाउ सुख शयल बा मोज म गरु........अरु सब मरुन दुर्जनहरु ।’ अहिले मुलुक यो अबस्थामा पुग्नुमा माथिका पंक्ति सार्थक सिद्ध भएको बुझ्नु पर्ने हुन्छ । देशका ठुला भनिएका दुबै पार्टी (कांग्रेस र एमाले) को बर्तमान नेतृत्वमा नीति र नैतिकता दुबैको अभाव देखिन्छ जुन नेतृत्वको लागि अपरिहार्य हुनुपर्ने हो । अर्थात गलत नेतृत्वकै परिणाम हो मुलुकमाथिको बर्तमान संकट र मडारिइरहेको कालो बादल ।
बीपी कोइरालाको स्वर्गारोहण भएको ४० बर्ष बितिसके पछि पनि अहिले आएर देशप्रति इमान्दार ब्यक्तिहरु, जुनसुकै पार्टीको भए पनि बीपी कोइरालालाई सम्झन्छन् किनकी बीपी भबिस्यद्रष्टा हुनुहुन्थ्यो । बीपी भन्नुहुन्थ्यो प्रजातन्त्र कमजोर भयो राष्ट्रियता कम्जोर हुन्छ र राष्ट्रियता कम्जोर भयो भने देश माथी विभिन्न किसिमका संकटहरु आइ पर्दछन् । अहिले ठिक त्यही अबस्था छ मुलुकको । प्रजातन्त्रको पर्यायवाची शक्ति भनिएको नेपाली कांग्रेस इतिहासमै यति कम्जोर र निरीह कहिल्यै भएको थिएन । असक्ष्यम र अकर्मण्य नेतृत्वकै परिणाम नेपाली कांग्रेस यति निरीह र कम्जोर बन्न पुगेको हो भन्ने कुरा भन्न हिच्किचाउनु पर्छ जस्तो लाग्दैन । एउटा बलियो प्रजातान्त्रिक शक्ति कम्जोर हुने बितिक्कै बिदेशी र बिचौलिया शक्तिहरु शासन प्रणालीमा हाबि हुनु स्वभाबिक नै थियो, जुन आज भै रहेको छ ।
अहिले मुलुकको शासन सत्ता विदेशीको इसारामा बिचौलियाहरुले चलाइरहेको छ भनेर बाक्लै टिप्पणीहरु सुनिने र पढिने गरिएको छ । त्यसलाई पुष्टि गर्ने विभिन्न आधारहरु पनि प्रस्तुत हुने क्रम पनि जारी छ । प्रजातन्त्रलाई बलियो बनाउने र सुशासन कायम गर्नु पर्ने स्वतन्त्र संबैधानिक निकायहरु ‘एस म्यान’ मा परिणत भएका छन् । संबिधानलाई ध्वस्त पार्ने प्रयत्न जारी छ । राष्ट्र भनेको भुगोल वा ढुङ्गा माटो मात्र होइन, जनताको सामुहिक चाहना, भावना हो भन्नु हुन्थ्यो बीपी कोइराला । त्यही भावनामा राष्ट्रियता अडेको हुन्छ । तर मुलुकको दुर्भाग्य भन्नुपर्छ बर्तमान सरकारले न त जनताको भावनाको प्रतिनिधित्व गर्न सक्या छ न त भुगोल नै बचाउन सक्या छ । शृंखलाबद्ध अनगिन्ती भ्रष्टाचार र संविधानमाथिको श्रृंखलाबद्ध प्रहारबाट देश र जनता आहत भएका त छन् नै मुलुक विदेशीको क्रिडास्थल बन्न पुगेको छ । यी र यस्ता अनगिनित अनियमितता रोक्नु पर्ने जिम्मेवारी पाएको प्रतिपक्षी नेतृत्व मुक्दर्शक बनेको त छ नै उल्टो अनियमितताको साझेदार बनेको आरोप समेत लाग्ने गरेको छ ।
यहि बिचमा कोभिड–१९ को महामारी, बाढी पहिरोले देश र जनता थिलथिलो भएका छन् । रोग र भोकले आम जनताको जीवन (जो बाचेका छन) दुस्कर बनेको छ । भएको साधन श्रोतमाथी सत्ताधारीहरुको ब्रम्हलुट छ । सरकारलाई विदेशीले पत्याउन छोडेका छन् । जेन तेन प्राप्त ऋण र रेमिटेन्सले मुलुक घस्रिरहेको छ ।
यस्तो विषम परिस्थितिमा मुलुकको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस, जसलाई एकमात्र प्रजातान्त्रिक पार्टी भनिन्छ र जसले नेपाली जनतालाइ रैतीबाट नागरिक बनायो, को १४ औ महाधिवेशन यहि भाद्र महिनाको तेश्रो हप्ता संपन्न हुदैछ (?) झन्डै २ बर्षअघि नै सम्पन्न हुनुपर्ने यो महाधिवेशन, नेतृत्वकै अकर्मण्यताका कारण हुन नसकेको र अहिले पनि बाध्यताबश हुन गै रहेको छ (भयो भने)। यो अधिबेशनप्रति सबै सचेत नागरिकको चासो बढेको छ । देश भित्रबाट मात्र होइन शुभेच्छुक मित्रराष्ट्रहरुले पनि कांग्रेसको महाधिवेशनलाई चासोका साथ हेर्ने गरेका छन्, हेरिरहेका छन् । नेपाली कांग्रेसको असक्षम नेतृत्वकै परिणाम ०७४ मा भएका तीनै तहको निर्वाचनमा पार्टीले लाजमर्दो परिणाम भोग्नु पर्यो । कांग्रेसको कमजोरीको फाइदा कम्युनिस्टहरुले उठाए ।
झन्डै २/३ सिट कब्जा गरि सत्ताको बागडोर सभालेको कम्युनिस्ट सरकारको (सु?)शासनकै प्रतिफल आज राजनैतिक, आर्थिक एवं संबैधानिक हिसाबले समेत मुलुक संकट्ग्रस्त बन्न पुगेको छ । यसले पनि आम मानिसको नजर कांग्रेसको यो महाधिवेशन प्रती बढी आकर्षित छ ,कांग्रेसले केही राम्रो जनभावना अनुरुपका निर्णय गर्ला कि भन्ने आशले । के कांग्रेसको भाबी अधिबेशन मुलुकको संकट्मोचक बन्न सक्ला? वा यस्तै उस्तैमा सकिएला?
महाधिवेशन भन्ने बित्तिकै नीति र नेतृत्वको कुरा आउँछ । बर्तमान नेतृत्व त बिल्कुलै असफल भएको कुरा जगजाहेर नै छ । कांग्रेसले आफ्नो नीतिमा पनि परिमार्जन गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । बीपीले ६५ बर्ष अघि प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद अहिले आएर ‘अन्धोले हात्ती छामेको’ झै भएको छ । नयाँ पुस्ता ले त्यो बुझ्दा पनि बुझ्दैन । संघीयता सैद्धान्तिक हिसाबले सहि भए पनि यो मुलुकको लागि धान्न नसक्ने सेतो हात्ती बन्न पुगेको छ भने जनताको लागि पनि भार महसुस भै रहेको छ । पूर्वीय सभ्यताको जननी हिन्दु शास्त्रलाइ अंगिकार गरि धर्म र संस्कृतिले विश्वमा आफ्नो एकल पहिचान बनाएको मुलुकलाई जनताको भावना बिपरित एकै पटक धर्मनिरपेक्ष्य राज्य बनाउँदाको परिणाम आज मुलुकले भोग्नु परिरहेको छ । २/३ जनता धर्म निरपेक्ष्यताप्रति असन्तुष्ट छन् । गणतन्त्रप्रति पनि (रास्ट्रपति को भुमिका र बिदेशी चल्खेलका कारण) असन्तुष्टिका स्वर बाक्लिन थालेका छन। यी बिषयहरुमा समेत कांग्रेसको यो अधिबेशनमा व्यापक छल्फल हुनु जरुरी छ । नेतृत्व (पार्टी) ले कि त जनतालाइ आफूसंग हिडाउन सक्नु पर्छ कि त जनतासंग आफू हिडन सक्नु पर्छ । जनतालाइ आफूसंग डोर्याउन पनि नसक्ने र आफू जनतासंग हिडन पनि नसकेको परिणाम आज कांग्रेसको यो अबस्था हो ।
यस्तो अबस्थामा जनमत संग्रह उपयुक्त माध्यम हुन सक्छ । प्रजातान्त्रिक बाटोबाट जनताको रुचि व अरुचिको खोजि गर्नुलाइ कसैले पनि अन्यथा भन्न सक्तैन । तसर्थ उपरोक्त ३ बिषय जनमत संग्रहबाट टुंग्याउने निर्णय यो अधिबेशन ले गर्न सकेमा धेरै असन्तुष्टिहरुको सम्बोधन हुनेछ। कम्युनिस्ट सरकार बाट देशको बिकाश र प्रजातन्त्रको संरक्षण हुन नसक्ने रहेछ भन्ने कुरा आम जनतामा पुगेकोले पनि इतिहासलाइ हेरेर कांग्रेसप्रति बढि सकारात्मक चासो बढेको हो । अग्रजहरुले गरेको पटक पटकको आन्दोलनले बचाएको, ल्याएको यो देश र प्रजातन्त्रको संरक्षण गर्ने जिम्मेवारी अब कांग्रेस भित्रका निष्ठावान युबापुस्ता मा आइपुगेको छ । महाधिवेशनको मुखमा आएर नेतृत्वका आकांक्षी धेरै देखिएका छन । आमजनता, नागरिक समाज र बुद्धिजीवीको नजर भने फेरि एकपटक कोइराला परिवारतिरै फर्किएको छ। नेपाली कांग्रेसको स्थापना, नीतिनिर्माण देखि लिएर सम्बर्धन र संरक्षणको मूख्य नेतृत्व कोइराला परिवार बाट नै भएकोले पनि हुन सक्छ कोइराला परिवारबाट नेतृत्व खोजिएको । कोइराला परिवार बाट नेतृत्वदायी भुमिकामा रहेका तीन पात्र डा. शेखर कोइराला ,सुजाता कोइराला र शशांक कोइराला हुनुहुन्छ । सुजाता कोइराला स्वास्थका कारण अहिले प्रतिस्पर्धामा आउनु हुन्छ होला जस्तो लाग्दैन । डा. शेखर कोइराला १३ औ महाधिवेशनमा कार्यकर्ता को पहिलो रोजाइ भएको र महाधिवेशन लगत्तैपछि देखि नै संगठन निर्माण र आम जनताको सुख दुख बुझ्नको लागि संभबत ७७ वटै जिल्लामा पटक पटक पुगि आम कांग्रेसी र इतरको स्मेत मन जित्न सफल हुनु भएको देखिदै सुनिदै आइएको छ । शालिन ब्याक्तित्वका धनी डा. शशांक कोइराला महामन्त्री भैसकेको र कार्यकर्ताको रोजाइ पनि आफु नै भएकोले एक पटक कांग्रेसको नेतृत्व सम्हाल्ने आफ्नो मनसाय रहेको भनी आन्तरिक छलफलमा ब्यस्त रहेको देखिदैछ । उहाँहरु बाहेक अरु पनि नेतृत्वका आकाक्षी नभएका होइनन्। तर बर्तमान नेतृत्वको कारणले गिरेको कांग्रेसको साख उठाइ कांग्रेसलाई एक ढिक्का बनाएर जनता माझ पुन स्थापित गराउन उपरोक्त दुई पात्रमध्ये एउटालाई नेतृत्व सुम्पनु नै अहिलेको उत्तम बिकल्प हो । तर अधिबेशनको मुखमा जे जस्ता हत्कन्डाहरु अपनाइदै छ र जसरी कांग्रेसका मेरुदण्ड मानिने क्रियाशिल सदस्यता बितरण भै राखेका छन् यसले गर्दा फेरि पनि सक्षम नेतृत्व नपाइने सम्भवना धेरै बढदै गएको छ । तथापी भावि सन्ततिको लागि सुन्दर भबिष्यको चाहनाका साथ कांग्रेस बन्नु भएका साथीहरूले आफ्नो बिबेक सहि ठाउँमा प्रयोग गर्नु हुनेछ भन्नेमा पंतिकार ढुक्क छ । अन्तमा राजनितिक बिष्लेषक प्रा. कृष्ण खनालका यी शब्द सापटीका साथ यो आलेख लाई अन्त गर्दछु । ‘सत्ताको साख क्षणिक र आबधिक हो, विवेकको साख जीवन पर्यन्त मात्र होइन पछि सम्म पनि रहने कुरा हो ।’
चेतना भया।
जय नेपाल
(लेखक बीपी बिचार समाज मकवानपुरका अध्यक्ष हुन् ।)
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















