Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेशको बजेट बहुमत*ले पारित

Hunchha-1626014655.jpg

२७ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०७८/०७९ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । बागमती प्रदेशसभामा आइतबार विनियोजन विधेयकमाथिको छलफल सकिएपछि बजेट पारित भएको हो ।
बजेटमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकिशल साझा पार्टी र नेमकिपाका सांसदले राखेको खर्च कटौति प्रस्ताव बहुमतले अस्विकृत भएको छ भने बजेट बहुमतले पारित भएको छ । यसअघि विषयगत मन्त्रालयमा सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिनु भएको थियो । विपक्षी दलहरुले संसद अवरुद्ध गरेका विषयबारे स्पष्ट पार्दै मूख्यमन्त्री डोरमणि पौडेलले सरकारले सबैसंग समन्वय गरी विकास अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
बजेटमाथिको छलफलमा विपक्षी सांसदहरुले बजेट पारित गर्ने हतारले सबै मन्त्रालयको एकमुष्ठ छलफल गराएको, बजेटलाई समानुपातिक र आवश्यकताका आधारमा भन्दा आगामी निर्वाचन केन्द्रित गरेर विनियोजन गरेको लगायतको विषयमा धारणा राखेका थिए । त्यस्तै सत्तापक्षीय सांसदहरुले भने बजेटले सबै क्षेत्र, बर्ग र भुगोललाई समेटेको बताएका थिए । बैठक संचालन हुँदै गर्दा विद्युत आपूर्ति बन्द भएपछि सोमबार बजेटबारे थप प्रक्रिया अघि बढाउन विपक्षी दलले गरेको प्रस्ताव सभामुख सानुकुमार श्रेष्ठले वेवास्ता गरेपछि विपक्षी दलहरुले बैठक बहिस्कार गरेका थिए ।  *बहुमतले पारित हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार