२८ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले सर्वोच्च अदालतले सोमबार गरेको फैसलाको स्वागत गरेका छन् ।
अदालतले राष्ट्रपतिबाट भएका सबै निर्णय बदर गर्दै साउन ३ गतेभित्र संसद बैठक बोलाउन तथा दुई दिन भित्र नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेशको नेता बानियाँले सम्मान व्यक्त गर्दै स्वागत गरेका हुन् ।
संचारकर्मीहरूलाई प्रतिक्रिया दिंदै उनले अदालतले संसदीय मूल्यमान्यतालाई स्थापित गरिदिएको बताए । उनले प्रधानमन्त्रीको सनक र राष्ट्रपतिको बहकाउमा संसद विघटन गर्न नमिल्ने स्पष्ट पारेको उल्लेख गर्दै संविधानको रक्षा एवं संसदीय गरिमाको सम्बर्द्धनकाे पक्षमा स्वतन्त्र न्यायपालिकाले स्पष्ट फैसला दिएको बताए ।
सर्वोच्चका 'न्यायमूर्तिहरू'को अहिलेको फैसलाले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने काम भएको उनको भनाइ छ । कुनै पनि राजनैतिक व्यक्तित्वले लोकतन्त्र कमजोर पार्न खोजे स्वतन्त्र न्यायपालिका रहेसम्म त्यो सफल नहुने कुराको अहिलेको फैसला प्रमाण भएको बताए । उनले नेपाली कांग्रेसको काँधमा युगिन जिम्मेवारी आएको भन्दै पार्टीका सबै तह र तप्काका नेता कार्यकर्ता सधैं झैं जिम्मेवार र मर्यादित भई जनताको सेवामा जुट्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने काममा निरन्तर खटिनुपर्नेमा जोड दिए ।
सर्वोच्चको फैसला अनुसार नेपाली कांग्रेसका सभापति देउवा मंगलबार प्रधानमन्त्री बन्ने छन् । उनले त्यसको ३० दिन भित्र संविधानको धारा ७६ (६) अनुसार विश्वासको मत लिनु पर्ने छ ।
विश्वासको मत प्राप्त गरेमा देउवा नेतृत्वको सरकारले डेढ वर्ष सत्ता सञ्चालन गर्ने छ । विश्वासको मत प्राप्त नगरेको अवस्थामा संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा विघटनको सिफारिस गरी चुनाव गराउने जिम्मेवारी प्राप्त गर्ने छ । देउवालाई विश्वासको मतका लागि १३६ सांसदको समर्थन चाहिन्छ ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












