२८ असार, हेटौंडा । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको भूमिकामाथि सोमबारको प्रदेशसभा बैठकमा सांसदहरुले प्रश्न उठाएका छन् । सोमबार आर्थिक विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले आइतबार सभामुखले प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलहरुको अनुपस्थितिमा संसद संचालन गरी बजेट पारित गराएको भन्दै सभामुख श्रेष्ठको भूमिकामाथि प्रश्न उठाएका हुन् ।
बैठकमा सांसद नरोत्तम बैद्यले संसदीय व्यवस्थामा प्रतिपक्षी विनै राति बजेट पास गर्ने अभ्यास गरेकोमा आपत्ति जनाउँदै उनले सभामुखलाई सत्तापक्षको लाचार छायाँ बनेको बताए । सांसद रत्न ढकालले आफुले खर्च कटौति सम्बन्धी प्रस्ताव राखेकोमा छलफल गर्न नपाएको भन्दै आक्रोश व्यक्त गरे । उनले आइतबारको बैठकमा बत्ति गएपछि सभामुखले विना जानकारी अघि बढेको भन्दै सभामुख र सत्तापक्षले बलपूर्वक अघि बढ्नुलाई ‘कालो दिन’ को संज्ञा दिए । उनले सत्तापक्षले हतास मनस्थितिबाट आफुहरुमाथि अपमान गरेको बताए । सांसद गिता वाग्लेले सभामुख संसदको अभिभावक भएको भन्दै सबैको सम्मानबारे ध्यान दिनुपर्नेमा जोड दिईन् ।
सांसद विशाल खड्काले सत्तापक्षले बोल्दा हास्ने र विपक्षी दलका सांसदले बोल्दा रुलिङ गरेको भन्दै सभामुख श्रेष्ठको व्यवहारप्रति आपत्ति जनाए । बैठकमा सांसद राधा घलेले अन्धकारमा विना प्रतिपक्ष संसद चलाएको भन्दै सभामुखको भुमिकाबारे आपत्ति जनाईन् । बैठकमा सांसद विजया केसी श्रेष्ठले आधा रातमा निर्णय बानि परेको एमालेले सभामुखलाई समेत विवादमा पारेको बताईन् । सांसद रमेश पौड्यालले मूख्यमन्त्री नै बोलिरहँदा विद्युत जानुले प्रदेशको अवस्था झल्किएको भन्दै बत्ति निभेको समयमा प्रतिपक्षी विनै बजेट पारित गर्नुपर्ने के हतारो भयो भन्दै सरकारसंग प्रश्न गरे । उनले गएगुज्रेको र कनिका छरेको बजेटप्रति आपत्ति समेत जनाए ।
बैठकमा सत्तापक्षीय सांसद दिपक निरौलाले सबै दलसंगको छलफलको आधारमा अघि बढेको दावी गरेका थिए । सांसद नारायणबहादुर सिल्वालले संसदमै छलफल गर्नुपर्नेमा बाहिरिनु गलत भएको बताए । बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












