Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा १३ मा विभिन्न पार्टी परित्याग गरी ६९ जना कांग्रेसमा प्रवेश

220181866_393900322287876-1627043985.jpg

८ साउन, हेटौंडा । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा परित्याग गरी हेटौंडा–१३ पदमपोखरीमा ६९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 
शुक्रबार पदमपोखरीमा भएको कार्यक्रममा नेपाली कांग्रेसका हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीसहितका नेताहरुले उनीहरुलाई कांग्रेसको सदस्यता प्रदान गरेका छन् ।
ठाकुरनाथ खतिवडा, लेखप्रसाद ढुंगेल, विनोद थोकर, सोमलाल रुम्बा, अनिल विश्वकर्मा, यमबहादुर सुनार, विनोदप्रसाद चौलागाइँ, भुषण खतिवडालगायत एमाले, माओवादी र राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् । 
उक्त अवसरमा उपमहानगर सभापति पराजुलीले नेपालमा कम्युनिष्टहरुको पतनको सुरुवात भएको बताए । उनले जनताले दिएको दुई तिहाई बहुमतलाई लत्याउँदै मनलाग्दी गरेका कारण केपी शर्मा ओली सत्ताच्यूत हुनुपरेको स्मरण गराउँदै अबको चुनावमा नेकपाको लज्जास्पद हार हुने दावी गरे ।  कांग्रेस नेता कृष्ण थिङको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस १३ नम्बर वडा सभापति चम्फुरत्न लामा, नेपाल तरुण दलका जिल्ला सदस्य आशिष थापामगर, तरुण दलका हेटौंडा उपमहानगर अध्यक्ष सुनिल गिरी लगाएतको आतित्थ्यता रहेको थियो ।
 

221442262_938081650083932-1627043985.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार