Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपाल खनाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठकप्रति एमाले ओलि पक्षको आपत्ति

IMG_20210805_090449-1628133601.jpg

२१ साउन, हेटौंडा । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले आज डाकेको केन्द्रीय कमिटी बैठकप्रति अध्यक्ष केपु शर्मा ओलि पक्षले आपत्ति जनाएको छ ।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति गर्दै नेपाल पक्षले बिहिबारका लागि डाकेको बैठकलाई अनाधिकृत भन्दै आपत्ति जनाएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट साउन २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिएको भन्दै विज्ञप्तिमा साउन २१ गते पार्टीले कुनै वैठक नडाकेको उल्लेख गरिएको छ ।
पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भन्दै तामाङले जारी गरेको विज्ञप्तिमा त्यस्ता गतिविधिमा नलाग्न पार्टी कार्याकर्तालाई भनिएको छ ।
पार्टी भित्रको विवादबारे सुझाव लिन भन्दै नेपाल खनाल पक्षले बुधबारका लागि आफ्नो समूहको केन्द्रीय कमिटी वैठक डाकेकोमा केही सदस्यहरु उपत्यका बाहिर रहेको भन्दै वैठक आज विहिबारका लागि सारिएको थियोे ।
आफ्नो समूहका केन्द्रीय सदस्यहरुको राय लिएर मात्रै नेता नेपालले पार्टी एकता सम्बन्धि निर्णय लिने बुझिएको छ ।

IMG_20210805_090542-1628133665.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार