Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

महिला कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा मदन भण्डारी प्रतिष्ठानका सदस्य वाईवा पक्राउ

Arrested-1628256009.jpg

सांकेतिक तस्विर

२२ साउन, हेटौंडा । महिला चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल संचालक समितिका सदस्य हिरा वाइवा पक्राउ परेका छन् ।
अस्पतालमा कार्यरत २ जना महिला चिकित्सकले आफुहरुमाथि वाईवाले अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनलाई पक्राउ गरेको निमित्त प्रवक्ता देवेन्द्र दासले जानकारी दिए । उनीमाथि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनको भनाई छ । वाइवाले साउन १६ गते प्रतिष्ठानले त्रिखण्डीमा आयोजना गरेको पिकनिकमा मादक पदार्थ सेवन गरी महिला चिकित्सकलाई अभद्र व्यवहार गरेको जनाईएको छ । 
पिकनिकमै उनको हर्कतबारे प्रतिष्ठानका कर्मचारी र स्वास्थ्यकर्मीहरुले आपत्ति जनाएका थिए । मादक पदार्थ सेवा गरी वाईवा त्यस दिन ‘वाईल्ड’ भएको र महिला कर्मचारीहरुलाई अपशव्द र अस्लिल शव्द प्रयोग गरेको एक कर्मचारीले त्यसैदिन संचारकर्मीहरुलाई जानकारी दिएका थिए । उनीमाथि उजुरी परेको केही दिनपछि पक्राउ गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार