Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पार्टीलाई एकताबद्ध बनाएर लैजाने एमालेको नेपाल–खनाल समूहको निर्णय

nepal-khanal-253202108060-1628300445.jpg

file photo

२३ साउन, हेटौंडा ।  नेकपा एमालेको नेपाल–खनाल समूहले एकता कार्यदलको १० बुँदे प्रस्तावमा टेकेर एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
दुई दिनसम्म काठमाडौंमा बसेको नेपाल–खनाल समूहको बैठकले पार्टीको आन्तरिक एकतामा जोड दिदै एकता कार्यदलको १० बुँदे प्रस्तावमा टेकेर एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बैठकले आरोप प्रत्यारोप बन्द गरेर एकता वार्तामा जुटने निष्कर्ष निकालेको नेपाल खनाल पक्षका नेता रघुजी पन्तले जानकारी दिए ।
बैठकले संसद पुनर्स्थापित गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्नुका साथै एकतालाई असर पुराउने गरी भैरहेका आरोप प्रत्यारोप बन्द गर्न आग्रह गरेको छ । नेपाल–खनाल समूहले पार्टी सदस्यता नवीकरण लगायतका संस्थापन पक्षबाट भएका गतिविधि तत्काल रोक्न पनि आग्रह गरेको छ ।
बैठक समापनमा सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले पनि एकतामै जोड दिएको नेता पन्तले बताए । पार्टी अध्यक्ष केपी शर्मा ओली र संस्थापन पक्षबाट जतिसुकै गाली गलौज गरेपनि आफू पार्टी एकताकै पक्षमा रहेको भन्दै नेता नेपालले केन्द्रीय सदस्यलाई आश्वस्त पार्न प्रयास गरेको नेता पन्तको भनाई छ ।
बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी अध्यक्ष ओलीकै कारण पार्टी एकता प्रक्रियामा अवरोध सिर्जना भैरहेको र अविश्वासको वातावरण निर्माण भएको बताएका थिए । कतिपयले अध्यक्ष ओलीले विगतमा गरेका गल्तीप्रतिको आत्मालोचना गर्नुपर्ने, सम्मानजनक रुपमा एकता गर्नुपर्ने जस्ता सुझाव दिएको नेता पन्तले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार