Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विचार

कांग्रेस महाधिबेशनः बिना सार्दमको पुजा

Nepali-Congress-Cover-1628315267.jpg

“मैले भनेको भन्दैमा तिमीले केही पनी पत्याउनु पर्दैन । मेरा बचनलाई आगोमा पोलेर, पानीमा डुबाएर र आकाशमा उडाएर तिनको परिक्षा लेउ त्यसपछी पत्यार लागेछ भने मात्र बिश्वास गर्नु ।” शाक्यमुनी बुद्धको यो प्रसिद्ध बाणीजस्तै विपि कोईरालाले जन्माएर, सुवर्ण सम्शेरको मलजलमा, गणेशमानको फलामे ईच्छा शक्तिले खबरदारी गरेर, कृष्णप्रसाद भट्टराईको निष्ठाको अग्निबाट प्रज्वलित हुँदै आफुलाई त्यस भन्दा पछाडिका नेता कार्यकर्ताबाट परिष्कृत गर्दै राजनीतिको तुषारो र उष्ण गर्मीमा पनि आफुलाई उत्तिकै सान्दर्भिक बनाउँदै शिर ठाडो पारेर यहाँसम्म आईपुगेको हामीले चिनेको नेपाली कांग्रेस पार्टी पनी जे बोल्छ त्यही गर्छ र गर्न सक्ने कुरा मात्रै बोल्छ भनेर यो पार्टीमा लागेका हामी र हामी जस्ता लाखौं कार्यकर्ताको मनमा यतिखेर अत्यन्तै ठुलो हुन्डरी चलिरहेको छ ।
पटक–पटक अधिबेशनको मिति तय गरेर अधिबेशन गर्ने साईत जुराउन नसकेको र आगामी भाद्र २३ गतेभित्र महाधिबेशन सम्पन्न नगर्ने हो भने नेपालकै जेठो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको बैधानिकता सकिंदैछ । यो कुरा हामी जस्ता गाउँका कार्यकर्तालाई भन्दा केन्द्रीय नेता र नेतृत्वलाई राम्रोसंग थाहा छ भन्नेमा दुबिधा नहोला तर...। बिना जग्गे, बिना पुजा सार्दम छिमेकीलाई पुजाको निम्तो बाँडेर निम्तालुले पुजा हुन्छ भनेर नपत्याए झैं अधिबेशनको लागि आवश्यक विधि र प्रक्रियाहरु केही पनि अगाडि नबढाई मुश्किलले ३० वटा दिन पनी बाँकी नहुँदा अधिबेशन हुन्छ हुन्छ भनेर ठोकुवा गरेको हामी कार्यकर्ताले कतिञ्जेल पत्याउने होला खै..??  

विपि कोईरालाले जन्माएर, सुवर्ण सम्शेरको मलजलमा, गणेशमानको फलामे ईच्छा शक्तिले खबरदारी गरेर, कृष्णप्रसाद भट्टराईको निष्ठाको अग्निबाट प्रज्वलित हुँदै आफुलाई त्यस भन्दा पछाडिका नेता कार्यकर्ताबाट परिष्कृत गर्दै राजनीतिको तुषारो र उष्ण गर्मीमा पनि आफुलाई उत्तिकै सान्दर्भिक बनाउँदै शिर ठाडो पारेर यहाँसम्म आईपुगेको हामीले चिनेको नेपाली कांग्रेस पार्टी पनी जे बोल्छ त्यही गर्छ र गर्न सक्ने कुरा मात्रै बोल्छ भनेर यो पार्टीमा लागेका हामी र हामी जस्ता लाखौं कार्यकर्ताको मनमा यतिखेर अत्यन्तै ठुलो हुन्डरी चलिरहेको छ ।

जिम्मेवार पार्टी कांग्रेसले यतिबेला यो देशका बिदेशी भुमीमा पसिना बगाउने युवाको बारेमा सोच्ने बेला हो । बाकसमा बन्दि भएर आउने युवाको सपना र तिनको परिवारको आँखाको तुँवालो मेटाउन लागि पर्नुपर्ने कांग्रेस, कोरोनाले थिलो थिलो पारेको र अघिल्लो सरकार छोडेको बिरामी अर्थतन्त्रलाई तंग्राएर अगाडि हिडाउनु पर्ने कांग्रेस, अस्तब्यस्त शैक्षिक क्यालेन्डरलाई ब्यवस्थित गर्दै लाखौं युवाको भविष्य सुनिश्चिततातिर लाग्नु पर्ने कांग्रेस, कृषिमा आधुनिकिकरण र कृषिमुखी कार्यक्रम ल्याएर जनतामा उत्साह भर्नको लागि समयले पोल्टामा जिम्मेवारी दिएको पार्टीलाई आफ्नो आन्तरिक अधिवेशन पनि नगरेर झिना मसिना कुरामा अल्झिएर बिधानले र संबिधानले थपिदिएको डेढ बर्ष समयभित्र पनी अझै अधिबेधनको टुंगो नलगाएर रोईलो गर्ने छुट जिम्मेवार पार्टी कांग्रेसलाई यो बेला समयले दिएको छैन ।

गाउँमा बस्ने एउटा कांग्रेसको कार्यकर्ता जसले जीवनमा कहिल्यै न पार्टी सभापति बन्ने सपना देख्छ । न यो देशको प्रधानमन्त्री बन्ने सपना देख्छ । उसको बाचुन्जेल जीवनको एउटै सपना छ सवल र दर्बिलो कांग्रेस...।

गाउँमा बस्ने एउटा कांग्रेसको कार्यकर्ता जसले जीवनमा कहिल्यै न पार्टी सभापति बन्ने सपना देख्छ । न यो देशको प्रधानमन्त्री बन्ने सपना देख्छ । उसको बाचुन्जेल जीवनको एउटै सपना छ सवल र दर्बिलो कांग्रेस...। जसले मेरो देशको पाईला दर्बिलो टेकाउन सकोस् । आज ति तमाम कार्यकर्ताको भावनामाथी तुषारापात हुनेगरी यसको बैधानिकता मै प्रश्न उठ्ने दिन आउँदा यदी कसैको चित्त काटिएको छ भने दुर–दराजमा बस्ने तिनै लाखौं क्रियाशिल कार्यकर्ताको मन कुँडिएको छ । चाहे जे गर्नोस् तर यो पार्टीमा आफ्नो भबिष्य देखेर यसको आदर्श र सिद्धान्तलाई माया गरेर आफ्नो जीवन र जवानी समर्पण गरेका लाखौं युवा, विद्यार्थी, महिला, तरुण अग्रज सबैको भबिष्य माथी खेलवाड गर्ने छुट कांग्रेस नेतृत्व कसैलाई पनि छैन । सबैको चाहना मनोभावना यतिबेला एउटै छ कि समय रहँदै यसको बैधानिकता जोगाईदेउ ।
कोरोनाको कहर हाम्रो बशमा थिएन । तर पार्टीको बैधानिकताको बिषय नितान्त हाम्रो नेतृत्वको बशमा थियो र छ पनि । समयमा अधिबेशन नगरेको कारणले सकिन लागेको बैधतालाई जोगाउनेतर्फ गम्भिर भएर सोच्न ढिला नगरियोस् । यही श्रावण २८ बस्ने केन्द्रीय समितिको बैठकले बिरालाको घाँटिमा घण्टी कसले झुण्ड्याउने भनेर जोखाना हेर्न छोडेर लाखौं कार्यकर्तालाई दुबिधामा नपारिकन अब एउटा सामुहिक निकास र निर्णय दिन नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले ढिलो गर्नु हुँदैन । समय छँदै निकास होस शुभकामना ।
जय नेपाल !
(लेखक नेपाली कांग्रेस चितवनकी जिल्ला सदस्य हुन् ।)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार