Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आज सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने

1628132745_1627952042_sat-1628396190.jpg

google

२४ साउन, हेटौंडा । सरकारले सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गर्ने भएको छ । 
कार्यदलले न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन अस्ति प्रधानमन्त्री शेरबहादुर देउवा लगायत दलका शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो । त्यही प्रतिवेदन सरकारले आज सार्वजनिक गर्न लागेको हो । 
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको न्यूनतम साझा कार्यक्रम निर्माण कार्यदलका सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) का नेता महेन्द्र राय यादवले जानकारी दिए ।
उनले सत्ता गठबन्धनले शान्ति प्रक्रियाको पूर्णता सहित शान्ति सुव्यवस्था, सुशासनर समाजिक रुपान्तरणलाई प्राथमिकतामा राखेको छ । साझा कार्यक्रममा सरकारका प्राथमिकता, संयुक्त सरकारका नीति तथा कार्यक्रम, राष्ट्रिय हितको सम्बद्र्धन, संघीयताको कार्यान्वयन र संघीय लोकतन्त्रको सुदृढीकरण सहित ११ बुँदा समेटिएका छन् । 
साझा कार्यक्रममा कोरोना सङ्क्रमण नियन्त्रणको विषयलाई प्राथमिकतामा राखिएको नेता रायले जानकारी दिए । अब सरकारले साझा कार्यक्रमको नीतिअनुसार कामगर्ने कार्यदलले जनाएको छ । 
सरकारका काम कारबाहीलाई सहयोग गर्न भन्दै काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठन भएको सात सदस्यीय कार्यदलमा काँग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादीबाट वर्षमानपुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी (जसपा) बाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य रहेका रहेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार